मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपाले ऐच्छिक बनायो प्रतिनिधि शुल्क, तिरेकाले पनि फिर्ता मागे पाउने

रास्वपाले ऐच्छिक बनायो प्रतिनिधि शुल्क, तिरेकाले पनि फिर्ता मागे पाउने

  • मङ्लबार, असार ९, २०८३
सेयर गर्नुहोस् :
रास्वपाले ऐच्छिक बनायो प्रतिनिधि शुल्क, तिरेकाले पनि फिर्ता मागे पाउने

चितवन–राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि शुल्क ऐच्छिक बनाइएक‍ो छ । बन्द सत्रको उद्घाटन सत्रमा सभापति रवि लामिछानेले प्रतिनिधिको बसाइ लम्बिएको कारण प्रतिनिधि शुल्क ऐच्छिक बनाइएको बताए ।

प्रतिनिधि शुल्क ५ हजार रूपैयाँ तोकिएकोमा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूले शुल्कबापत बुझाउनुपर्ने सो रकम अनिवार्य नरहेको प्रष्ट्याए ।

उनले शुल्क बुझाइसकेका प्रतिनिधिहरूलाई बस्न खान समस्या भए समन्वय गरेर फिर्ता दिन निर्देशन समेत दिएका हुन् ।

चितवनमा भएको महाधिवेशनमा बिहान खाजादेखि बेलुकाको खाना र दिउँसोको खाजा समेतको व्यवस्था गरिएको छ । बसाइको व्यवस्थापन भने प्रतिनिधि स्वयंले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार