बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • किसानको तरकारी बुढिगंगा नगरपालिकाले गर्‍याे खरिद, किसानलाई नै राहत

किसानको तरकारी बुढिगंगा नगरपालिकाले गर्‍याे खरिद, किसानलाई नै राहत

  • सोमवार, बैशाख २९, २०७७
किसानको तरकारी बुढिगंगा नगरपालिकाले गर्‍याे खरिद, किसानलाई नै राहत
तस्वीर तपेश रावलको फेसबुकबाट

पदम सिंह / बाजुरा २९ बैशाख – बुढीगंगा नगरपालिकाले नगरक्षेत्रका किसानको तरकारी बारीबाटै खरिद गरेको गर्न थालेको छ । लकडाउनको समयमा तरकारी किसानलाई बजारी करण गर्न अप्ठेरो परेको बेला नगरपालिकाले खरिद गरेको बुढिगंगा नगरपालिकाका कृर्षि बिकास शाखा प्रमुख दिपक थापाले बताए ।
नगरपालिकाले लकडाउनको समयमा दैनीक ज्यालादारी बिपन्त गरिव परिवारलाई राहत बितरण गर्ने थालेको छ । तिनीहरुलाई खाद्यन्नका साथै हरीयो तरकारी पनि दिने ब्यबस्थाका साथ तरकारी किसानको बारीबाटै तरकारी खदिद गरेर रातहमा तरकारी पनि दिने गरेको नगरपालिकालका मेयर दिपक बिक्रम शाहले बताए ।
तलडाउनले तरकारी बजारीकरण गर्न नपाएका किसानलाई पनि राहात हुने र राहात पाउने दैनीक ज्यालादारी अति बिपन्न परिवारले पनि हरियो तरकारी खान पाउने भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगर प्रमुख शाहले बताए ।
यता बारीबाटै नगरपालिकाले तरकारी खरिद गरिदिए पछि किसान पनि राहात भएको छ । बारीमा तरकारी तटरम्म फलेको तर बजार अभावले कुहिन थालेको थियो नगरपालिकाले बारीमा आएर खरिद गरि दियो वडा नम्बर ८ का किसान तथा नेपाली काँग्रेसका युवा नेता तपेश रावलले बताए । बैशाख २१ गते नगरपालिकालाई तरकारी किसानहरुले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थियौ । उक्त ज्ञापन पत्रको सुनुवाई भएको रावलले बताए ।

Image may contain: 1 person, plant, mountain, outdoor, nature and food
बुढिगंगा नगरपालिकाका किसानहरुको तरकारी बिक्रि गर्ने बजार भनेको डाब बजार, मालिका बजार, रिठा बजार, बेतालमाण्डौ बजार, बाम्का बजार। ताप्रसिेरा लगाएका बजारमा बित्रिल हुन्थ्यो लामो समयको लडडाउनले बजार पुरै बन्द भएकोले बजारमा तरकारी बिक्रि नभएपछि बारीमै कुहिन थालको थियो ।
बिचमा कृर्षि ज्ञान केन्द्र बाजुराले पनि किसानको बारीबाटै निशुल्क तरकारी ढुवानी गरेर सदरमुकाम मार्तडीमा ल्याएको थियो । लकडाउनले बजार बन्द भएपछि तरकारी बिक्रि हुन नहुने गरेको थियो । कृर्षि ज्ञान केन्द्रले किसानको बारीबाट दरिद गरेर ल्याएको तरकारी पनि बिक्रि नभएर ज्ञान केन्द्रमा थनकीएर कुहिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार