शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • राहत वितरणमा झडप : ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ जना घाइते

राहत वितरणमा झडप : ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ जना घाइते

  • सोमवार, बैशाख २२, २०७७
राहत वितरणमा झडप : ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ जना घाइते

सिरहा : राहत वितरणका क्रममा विवाद हुँदा सिरहाको मिर्चैया नगरपालिका ७ मा सोमबार प्रहरी र स्थानीय वासिन्दाबीच झडप भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

वडा कार्यालयको प्राङ्गणमा वडा अध्यक्षयको उपस्थितिमा अति विपन्न १३४ घरधुरीलाई राहत वितरण भइरहेको थियो । त्यही बेला सोही वडाका असन्तुष्ट स्थानीयहरुले आफूले पनि राहत पाउनु पर्ने माग गरेपछि विवाद सुरु भएको थियो । विवाद साम्य पार्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रुग्यास र नौ राउण्ड एसएलआरबाट हवाइ फायर गरेको इलाका प्रहरी मिर्चैयाका प्रमुख डीएसपी सन्तु जैसवालले जानकारी गराए ।  हो हल्ला गर्नेहरुले ढुंगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाइ फायर गर्नुपरेको प्रहरीको भनाइ छ ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए । अहिले अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राहत वितरणको विवाद मिलाउन स्थानीय, वडा अध्यक्ष र प्रहरीबीच छलफल भइरहेको प्रहरीले जानकारी दियो ।

चर्चामा

सम्बन्धित समाचार