शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • सिपमुलक तालीमका लागि एटुजेट कम्पुटरकाे आह्वन

सिपमुलक तालीमका लागि एटुजेट कम्पुटरकाे आह्वन

  • मङ्लबार, फाल्गुन २०, २०७६
सिपमुलक तालीमका लागि एटुजेट कम्पुटरकाे आह्वन

बाजुरा २० फागुन– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको प्रइभेट पसलले बिभिन्न तालीमको आयोजना गर्ने भएको छ । सदुमकाम मार्तडीमा रहेको ए टु जेट कम्पुटर एजुकेशनले बाजुरा जिल्लामा रहेका बिभिन्न युवाहरुलाई रोजगारी श्रृजना गर्ने उदेश्यका साथ तालीमको आयोजना गर्ने भएको हो । एटु जेट एजुकेशनले मोबाइल मर्मत, कम्पुटर मर्मत ल्याप्टप प्रिन्टर फोटोकपी मेशीन मर्मत सम्बन्धी तालीम दिने ए टु जेट कम्पुटर एजुकेशनका संचालक निशान्त बडुवालले बताएका छन् । त्यसै गरी बिजुली सम्बन्धी हाउस वाइरिङ तालीम पनी दिने बडुवालले बताए । चैत एक गते देखी सौलीयत दरमा तालीम दिने संचालकले बताएका छन् । ए टु जेट कम्पुटर एजुकेशनले बिपन्न तथा गरिव बिद्यार्थीहरुलाई निशुल्क कम्पुटर कक्षा समेत दिदै आएको छ । गरिव तथा बिपन्न् परिवारका युवाहरूलाइर् साैलियत दरमा तालिममा सहभागी समेत गराइने संचालकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार