शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका खोजखवर : बाजुरामा जनप्रतिनिधिको संलग्नतामा ४१ ठेक्काहरु मिलोमतो

बडिमालिका खोजखवर : बाजुरामा जनप्रतिनिधिको संलग्नतामा ४१ ठेक्काहरु मिलोमतो

स्थानीय तहलाइ मस्ती जनतालाइ सास्ती

  • शनिबार, फाल्गुन १०, २०७६
बडिमालिका खोजखवर : बाजुरामा जनप्रतिनिधिको संलग्नतामा ४१ ठेक्काहरु मिलोमतो
बुढिनन्दा नगरपािलकामा ठेक्का मिलाेमताेमा सहभागी

पदम बहादुर सिंह/ लक्ष्मीराज पाध्याय– बाजुराका नौवटै स्थानिय तहमा ४१ योजनाहरु मिलोमतो भएको पाईएको छ । जनप्रतिनिधिको संलग्नतामा आर्थिक बर्ष ०७५।०७६ मा स्थानिय तहमा बिभिन्न योजनाहरु, गाडि र सामान खरिदमा ठेक्का प्रक्रियामा मिलोमतो भएको पाईएको छ ।
आर्थिक बर्ष ०७५।०७६ मा ९ वटै स्थानिय तहले ४८ योजनाहरु मा टेन्डर गरिएको थियो । ४८ योजनाहरु मध्ये ४१ योजनाहरु मिलोमतोमा भएको पाईएको छ । सबै योजनाहरुमा टेन्डर खरिद फर्म ४० भन्दा माथि खरिद भएको तर प्रक्रियामा ४ भन्दा बढि नगएको पाईएको छ । कोष लेखा नियन्त्रण कार्यलय बाजुराका निमित्त प्रमुख धन बहादुर थापाले भने टेन्डर फम धेरै खरिद हुनु प्रक्रियामा तिन वा चार फर्म जानु भनेको मिलोमतो मान्ने सकिने बताएका छन् ।
४१ योजनाहरुमा १९ करोड ५२ लाख ५२ हजार ४ सय ६६ रकममा मिलोमतो भएको पाईएको छ । मिलोमतो भएका योजनाहरु १ प्रतिशत पनि घटेको पाईएको छैन । स्थानिय तह ठेक्का प्रक्रियामा जाने गरेका छन्, तर जनप्रतिनिधिको सहयोगमा ठेक्का मिल्ने गरेको नागरिक समाजका अगुवा प्रदिप राज जैशीले वताएका छन् । सबै भन्दा बढि जगन्नाथ गाँउपालिकामा मिलोमतो भएको पाईएको छ । टेन्डर निकालिएका ८ वटै योजनाहरु मिलोमतो भएका छन् । ८ वटा योजनाहरुको ६ करोड ३८ लाख ९२ हजार ३ सय ४४ रकममा मिलोमतो भएको पाईएको छ ।
बुढिनन्दा नगरपालिकामा ७ वटा योजनाहरु टेन्डर प्रक्रियामा मध्ये ६ वटा योजनाहरुमा मिलोमतो भएको छ । ६ वटा योजनाहरुको ४ करोड २६ लाख ८४ हजार २ सय २८ रहेको छ । छेडेदह गाँउपालिकामा ९ वटा योजनाहरु मध्ये ७ वटा योजनाहरु मिलेका छन्, १ करोड ९८ लाख २४ हजार ४ सय ८४ रकम रहेको छ । गौमुल गाँउपालिकाले निकालेको ४ वटा टेन्डरमा ३ वटामा मिलोमतो भएको छ । ३ वटा योजनाको १ करोड २८ लाख ६४ हजार रहेको छ ।
स्वामिकार्तिक गाँउपालिकामा २ वटै योजनाहरुमा मिलोमतो भएको छ । मिलोमतो भएको योजनामा १ करोड १ करोड ८४ लाख ६० हजार ८ सय ४६ रकम रहेको छ । त्यस्तै बडिमालिका नगरपालिकाले १० वटा योजनाहरु टेन्डर निकालेको थियो, जसमा ७ वटा योजनाहरु मिलेका छन्, जसको रकम १ करोड २१ लाख ७३ हजार ९ सय ६४ रहेको छ । हिमाली गाँउपालिको गाँउपालिको भवन निर्माणमा निकाले ८४ लाख रकमको एउटा टेन्डरमा मिलोमतो भएको छ । त्रिबेणी नगरपालिकामा ५ वटा निकालेको टेन्डरमा ५ वटै मिलोमतो भएको छ । ५ वटा योजनाहरुको ८४ लाख २५ हजार २ सय रहेको छ । बुढिन्नदा नगरपालिकामा गाडि र मोटर वाइक खरिद गरेको छ, जसको रकम ८५ लाख ८५ हजार ५ सय रहेको छ ।
बुढिनन्दा नगरपालिकाले डपिङ्ग साईडको ल्याण्डफिल्ड निर्माणका लागि टेन्डर गरयो । टेन्डर फर्म बिक्रि ५१ भएका थिए । तर प्रक्रियामा भने ४ वटा आएका थिए । टेन्डर निकाल्दा १ करोड ६७ लाख ७५ हजार रहेको थियो, पछि मिलोमतोमा ४ फर्म प्रक्रियामा आएका थिए । जसमा हण्डिक इनिजिनियर एण्ड कन्टक्सनले ०.५०% घटेर मात्र घटेको थियो । १ करोड ६६ लाख ९१ हजार ७ सय ९८ मा पाएको थियो । यो त प्रक्रिया पुयाएर मिलोमतो भएको कोष लेखा नियन्त्रण कार्यलय बाजुराले जनाएको छ । सबैलाई मिलाएको हुन्छ अनि कस्ले रद्ध गर्ने ठेक्का धन बहादुर थापाले वताएका छन् ।
योजनाको टेन्डर निकाल्दा लागत भन्दा १५ प्रतिशत बढि जोडेर निकाल्ने गरेका छन् । त्यसैमा ठेक्का मिलोमतो हुने गरेका छन्, यसले योजनाहरुमा लाखौ भष्ट्रचार हुने गरेको बुढिनन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताईन् । मिलोमतो नभएको ७ वटा योजनाहरुमा ४६ प्रतिशत सम्म घटेर काम भएको पाईएको छ । जनप्रतिनिधिलाई मिलाउछन्, केही त जनप्रतिनिधि नै ठेकेदार रहेको नेकपा एमाले जिल्ला कमिटि सदस्य शेर बहादुर शाहिले वताएका छन् । बाजुरामा ६ वटा स्थानिय तह काग्रेस ३ वटा स्थानिय तहमा नेकपाले जितेको छ । नाम नभन्ने एक ठेकेदारले भने जनप्रतिनिधिलाई पैशा दियौ, तब मिलोमतोमा ठेक्का पाएको वताए । ठेक्कामा १० प्रतिशत बाड्ने गरेको वताए ।
स्थानिय तह अनुसार मिलोमतो भएका ठेक्काहरु
बुढिन्नदा नगरपालिका
१. ल्याण्डफिल्ड निर्माण बोलपत्र फर्म बिक्रि ५१, बोलपत्र दाखिला ४, लागत अनुमान १ करोड ६७ लाख ७५ हजार स्वीकृत रकम १ करोड ६६ लाख ९१ हजार ७ सय ९८ घटेको प्रतिशत ०.५०% पाउने हण्डिक इनिजिनियर एण्ड कन्टक्सन रहेको छ ।
२. ल्याण्डफिल्ड निर्माण जोडने सडक फर्म बिक्रि २७, बोलपत्र दाखिला ४, लागत अनुमान २७ लाख १० हजार ७ सय ८० हजार, स्वीकृत २५ लाख ५३ हजार ६ सय ४६ घटेको प्रतिशत ०.५८% पाउने चन्द्रनाथ निर्माण सेवा ।
३. नन्देश्वरी कोटिला सडक फर्म बिक्रि ४९, बोलपत्र दाखिला ४, लागत अनुमान ६२ लाख २६ हजार ४ सय ४५ स्वीकृत ६१ लाख ८० हजार ७ सय ८ घटेको प्रतिशत ०.४७% पाउने चण्डीका निर्माण सेवा हिमाली ५ बाजुरा ।
४. मार्तडी कोल्टि सडक फर्म बिक्रि ८, बोलपत्र दाखिला ४, लागत अनुमान ३८ लाख ५४ हजार ४ सय ४९, स्वीकृत ३८ लाख ८ हजार ७ सय ४४ घटेको प्रतिशत १.२०% पाउने अंकित निर्माण सेवा बडिमालिका नपा बाजुरा ।
५. बेलडाँडा कुरु सडक फर्म बिक्रि ४९, बोलपत्र दाखिला ८, लागत अनुमान ७३ लाख ८२ हजार १ सय ५४ स्वीकृत ७३ लाख ५४ हजार १ सय ७७ घटेको प्रतिशत ०.३८% पाउने एलबि कन्ट्रक्सन सेवा ।
६. पोरखे पादुका सडक फर्म बिक्रि ३०, बोलपत्र दाखिला ४, लागत अनुमान ५७ लाख ३५ हजार ४ सय स्वीकृत ५७ लाख ३४ हजार ४सय ५६ घटेको प्रतिशत ०.०६% पाउने सिआइ कन्ट्रक्सन सेवा ।
हिमाली गाँउपालिका
१. गाँउपालिका भवन फर्म बिक्रि ६३, बोलपत्र दाखिला ३, लागत अनुमान ८४ लाख घटेको प्रतिशत सत प्रतिशतमा ठेक्का मिलेको, पाउने मष्टा कन्ट्रक्सन एण्ड अडर सप्लार्यस बाजुरा ।
त्रिबेणी नगरपालिका
१. झोलुगं पुल क्षेत्रगत कार्यक्रम फर्म बिक्रि ३, बोलपत्र दाखिला ३, लागत अनुमान ८ लाख १६ हजार २ सय स्वीकृत ८ लाख १२ हजार पाउने मालिका ईन्जिनिरिइ धनगढी ।
२. आधारभुक्त स्वास्थ्य सेवा कार्यक्रम फर्म बिक्रि २८, बोलपत्र दाखिला ३, लागत अनुमान १८ लाख ९१ हजार स्वीकृत १८ लाख ९५ मा पाउने त्रिबेणी निर्माण सेवा ।
३ आधारभुक्त स्वास्थ्य सेवा कार्यक्रम फर्म बिक्रि २७, बोलपत्र दाखिला ३, लागत अनुमान १८ लाख ९१ हजार स्वीकृत १८ लाख ६७ हजारमा पाउने एम एस कन्ट्रक्सन प्रालि ।
४ आधारभुक्त स्वास्थ्य सेवा कार्यक्रम फर्म बिक्रि २९, बोलपत्र दाखिला ३, लागत अनुमान १८ लाख ९४ हजार ९ सय स्वीकृत १८ लाख ७१ हजार ८ सयमा पाउने सुधम कन्ट्रक्सन एण्ड ट्रेडस सप्लायर्स प्रालि ।
५ आधारभुक्त स्वास्थ्य सेवा कार्यक्रम फर्म बिक्रि २६, बोलपत्र दाखिला ३, लागत अनुमान १९ लाख ३३ स्वीकृत १८ लाख ७९ हजार ५ सयमा पाउने एम बसन्त कन्ट्रक्सन प्रालि ।
छेडेदह गाँउपालिका
१. छेडेदह देखी थामलेख सडक फर्म बिक्रि ३२, बोलपत्र दाखिला २, लागत अनुमान ४२ लाख ९७ हजार २ सय ५७ घटेको रकम १०४.७९। ०.००२ % पाउने आर एन निर्माण सेवा ।
२. डुग्रि खोला देखी बडदाउने सडक फर्म बिक्रि ३६, बोलपत्र दाखिला ३, लागत अनुमान ४३ लाख ३ हजार ८ सय ९० घटेको रकम २६१३.१७। ०.०६ % पाउने जि के कन्ट्रक्सन बडिमालिका  ।
३. अधारी खोला देखी छडीपाटल सडक फर्म बिक्रि ३५, बोलपत्र दाखिला ३, लागत अनुमान ४२ लाख ८८ हजार ७ सय ९ घटेको रकम १६३३२.५३। ०.३८ % पाउने अशोक कन्ट्रक्सन एण्ड अडर सपलार्यस छेडेदह ।
४. आटिचौर देखी छेडेदह सम्म सडक फर्म बिक्रि ३२, बोलपत्र दाखिला ३, लागत अनुमान ४३ लाख ६ हजार ६१ घटेको रकम २७४०.९२। ०.०८ % पाउने न्यु बडालेख निर्माण सेवा छेडेदह ।
५. मोटर साइकल खरिद फर्म बिक्रि १, बोलपत्र दाखिला १, लागत अनुमान ११ लाख ९१ हजार ६ सय ५५ घटेको रकम ५०००। ०.००४२ % पाउने अशोक स्वयता ट्रेड एण्ड कन्सन ।
६. बिरखेत झोलुगे पुल फर्म बिक्रि ३, बोलपत्र दाखिला ३, लागत अनुमान १४ लाख ३६ हजार ९ सय १२ घटेको रकम ५१२७.८३। ०.००३६ % पाउने मालिका इन्जिनियरिइ धनगढी
गौमुल गाउँपालिका
१. घटमुना काल्च्या सडक निर्माण फर्म बिक्रि ५४ बोलपत्रमा दाखिला ३ लागत रकम ९९ लाख ६४ हजार, सतप्रतिशतमा पाँउने श्री सुनन्दा मष्टेश्वरी निर्माण सेवा ।
२. गाँउपालिका इन्टनेट जडान फर्म बिक्रि ३ बोलपत्रमा दाखिला ३ लागत रकम १९ लाख, सतप्रतिशतमा पाँउने श्री नर्मदा ईन्फोसिस महेन्द्रनगर ।
३. विपद ब्यबस्थापन सामाग्रीहरु खरिद फर्म बिक्रि ३ बोलपत्रमा दाखिला ३ लागत रकम १० लाख, सतप्रतिशतमा पाँउने श्री सरोज निर्माण सेवा एण्ड अर्डर सप्लायर्स गौमुल ३ ।
जगन्नाथ गाँउपालिका
१. गाँउपालिकाको गाडि खरिद फर्म बिक्रि १, बोलपत्र दाखिला १, लागत अनुमान ५७ लाख ७७ हजार ५ सय २२ घटेको रकम ५५ लाख ९० हजार पाउने अग्नि इन्कर्परन्ट प्रालि काठमाडौ ।
२. पिलिचौर ढाडाकोट सडक निर्माण खरिद फर्म बिक्रि ३२, बोलपत्र दाखिला ३, लागत अनुमान ५० लाख ८२ हजार  घटेको रकम ५० लाख ४७ हजार ११ पाउने हन्डिक ईन्जिनियरिइ एण्ड कन्सल्टेन्सी प्रालि ।
३. सेरा हुनि काडाकोट सडक निर्माण खरिद फर्म बिक्रि २०, बोलपत्र दाखिला ३, लागत अनुमान ५० लाख ७५ हजार  घटेको रकम ५० लाख ६५ हजार ७ सय ५१ पाउने आपुसा कन्स्टक्सन काठमाडौ प्रालि ।
४. कणाली करिडोर देखी मनि काडा सम्म सडक निर्माण खरिद फर्म बिक्रि ४९, बोलपत्र दाखिला ४, लागत अनुमान १ करोड ७१ लाख ८१ हजार ९ सय ८९  घटेको रकम १ करोड ७१ लाख २९ हजार ६ सय ९७ पाउने हन्डिक ईन्जिनियरिइ एण्ड कन्सल्टेन्सी प्रालि ।
५. झोलइगे पुलको फेबरीकेशन खरिद खरिद फर्म बिक्रि १, बोलपत्र दाखिला १, लागत अनुमान १३ लाख २७ हजार २४ घटेको रकम १३ लाख २६ हजार ४ सय ७४ पाउने एम के इन्जिनियरिइ बुटबल प्रालि ।
६. बल्देजुडीबाट काडाकोट खानेपानी खरिद फर्म बिक्रि ५०, बोलपत्र दाखिला ४, लागत अनुमान ५४ लाख ५७ हजार ७ सय १५  घटेको रकम ५४ लाख ४६ हजार ५ सय ९३ पाउने त्रिबेणी कन्स्टक्सन ।
७. सेरा हुनी काँडाकोट सडक खरिद फर्म बिक्रि ४०, बोलपत्र दाखिला ५, लागत अनुमान १ करोड ३४ लाख ४८ हजार ८ सय २७ घटेको रकम १ करोड ३३ लाख ७१ हजार ४ सय १९ पाउने मिलिजुली निर्माण सेवा ।
८. पिलिचौर ढाडाकोट सडक खरिद फर्म बिक्रि ५०, बोलपत्र दाखिला ४, लागत अनुमान १ करोड ५ लाख ९४ हजार २७ घटेको रकम १ करोड ५ लाख ३६ हजार ६ सय ८७ पाउने हन्डिक ईन्जिनियरिइ एण्ड कन्सल्टेन्सी प्रालि ।
स्वामीकार्तिक गाँउपालिका
१. कर्णाली फेरी निर्माण फर्म बिक्रि १६, बोलपत्र दाखिला ४, लागत अनुमान १ करोड ६७ लाख ७८ हजार ३ सय ३३ ठेक्का पाएको १ करोड ६७ लाख ६८ हजार १ सय ११ पाँउने शुनन्दा मस्टेश्वरी निर्माण सेवा स्वामीकार्तिक ३ ।
२. काम्ती कोटकाटियाँ झो.पु फर्म बिक्रि , बोलपत्र पनि १, लागत १६ लाख ६२ हजार ५ सय १३ स्वीकृति १६ लाख ६१ हजार ८ सय ४५ पाँउने एम. के इन्जिनियरिइ बुटवल ।
बडिमालिका नगरपालिका
१. जि आइ पाइप फिटिइ सप्लाई कार्य, फम खरिद ४, प्रक्रियामा ३ रकम १७ लाख ५२ हजार ६ सय ३ घटेको प्रतिशत ०.८० प्रतिशत पाँउने बेतालमाण्डौ, निर्माण सेवा एण्ड अर्डर सप्लायर्स बनपा ८
२. स्टील पार्ट एण्ड फेब्रिकेसन सप्लाई कार्य, फम खरिद ३ प्रक्रियामा पनि ३ रकम १९ लाख ७८ हजार ७ सय ३७ घटेको ०.३० प्रतिशत पाँउने एम. के. ईन्जिनियरिङ्ग बुटवल ।
३. पिनालेख स्वास्थ्य केन्द्र भवन निर्माण फम खरिद १६ प्रक्रियामा ३ रकम १६ लाख ८७ हजार ४ सय ९५ घटेको ०.२८ प्रतिशत पाँउने न्यु कैलाशपति निर्माण सेवा एण्ड अर्डर सप्लायर्स बनपा ८ बाजुरा
४. रजाली स्वास्थ्य केन्द्र भवन निर्माण फम खरिद ३१ प्रक्रियामा ३ रकम १६ लाख ८८ हजार ३ सय २१ घटेको ०.३० प्रतिशत पाँउने घटाल कन्स्टक्सन एण्ड अर्डर सप्लायर्स बनपा ३ बाजुरा
५. रिला स्वास्थ्य केन्द्र भवन निर्माण फम खरिद २० प्रक्रियामा ४ रकम १६ लाख ८७ हजार ८ सय ९ घटेको रकम ०.३० प्रतिशत पाँउने सुनन्दा मष्टेश्वरी निर्माण सेवा
६ मना स्वास्थ्य केन्द्र निर्माण फकम खरिद २३ प्रक्रियामा ३ रकम १६ लाख ९० हजार २ सय ३८ घटेको ०.२१ प्रतिशत पाँउने जेपि कन्स्टक्सन एण्ड अर्डर सप्लायर्स बनपा ९
७. चौराटा स्वास्थ्य केन्द्र खरिद २२ प्रक्रियामा ३ रकम १६ लाख ८८ हजार ८ सय ६१ घटेको ०.१५ प्रतिशत पाँउने डिबि कन्स्टक्सन अर्डर सप्लायर्स बनपा ८
बुढिगंगा नगरपालिकामा
१. सवारी साधन जिप खरिदमा ५५ लाख ८५ हजारमा टेन्डर प्रक्रियामा फम किनेको पनि ३ वटा, टेन्डर प्रक्रियामा परेका पनि ३ वटा ०.२६% घटेको अग्नि इस्कपियो काठमाडौले पाएको ।
२. मोटरसाइकल खरिद ३० लाख टेन्डर प्रक्रियामा फम किनेको पनि ३ वटा, टेन्डर प्रक्रियामा परेका पनि ३ वटा ०.६०% घटेका साउद अटोमोभिब डडेल्धुराले पाएको ।

चर्चामा

सम्बन्धित समाचार