बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • २३ उपसचिवको सरुवा, ७ जिल्लाका प्रजिअ फेरिए (सूचीसहित)

२३ उपसचिवको सरुवा, ७ जिल्लाका प्रजिअ फेरिए (सूचीसहित)

  • मङ्लबार, चैत्र २६, २०७५
२३ उपसचिवको सरुवा, ७ जिल्लाका प्रजिअ फेरिए (सूचीसहित)

काठमाडौं, २६ चैत । गृह मन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सोमबार दिउँसो उनीहरुलाई सरुवा गरिएको हो । यता दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ । संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।

संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका प्रमुख थिए । हाल उनको ठाउँमा वेदप्रसाद अर्याललाई पठाइएको छ । केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।
हेर्नुस् सूची

चर्चामा

सम्बन्धित समाचार