शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • १८ बर्ष बसेको सेना जग्गा नपाँउदा काेल्टि बाट अछाम फिर्ता

१८ बर्ष बसेको सेना जग्गा नपाँउदा काेल्टि बाट अछाम फिर्ता

  • सोमवार, बैशाख ९, २०७६
१८ बर्ष बसेको सेना जग्गा नपाँउदा काेल्टि बाट अछाम फिर्ता

प्रकाश सिह/अनिल शाहि
बाजुरा, ९ बैशाख
१८ बर्ष देखि बाजुराको बुढिन्नदा नगरपालिकाको कोल्टीमा बस्दै आएको नेपाली सेना आज अछाम फिर्ता भएको छ । कोल्टिमा कसैले पनि जग्गा उपलब्ध नगराउदा नेपाली सेना फिर्ता भएको नेपाली सेनाको एक स्रोतले वताएको छ ।
लामो समय देखी बिद्यालयमा बस्दै आएको सेनाले पटक पटक स्थानिय सरकार, राजनितिक दल र स्थानियलाई आग्रह गर्दा पनि कतै जग्गा नपाएपछि आज सेना अछाम फिर्ता भएको हो । सामान हेलिकेप्टर बाट ओसारेका छ भने सेना भने पैदल मार्ग भएर अछाम फिर्ता भएको छ । स्थानिय बासिले भने सेना फिर्ता हुनुले कसैले जग्गा दिएनन्, अर्को राजनितिक दल र जनप्रतिनिधिका चाँसो नभएका कारणले सेना फिर्ता भएको बताएका छन् । सेना फिर्ता भएपछि स्थानियले सामाजिक सञ्जालमा समेत चर्को आलोचना गरेको छ ।
नेपाली सेनाका प्रबक्ता बिज्ञान देब पाण्डेले भने द्धन्द्धकालमा द्धन्द्ध ब्यबस्थापनका लागि राखेको हो, अहिले शान्ति सुरक्षाको अबस्था मजबुद रहेको त्यहाँ नेपाली सेनाको खासै आबश्यक नरहेकोले फिर्ता बोलाएको बताएका छन् । उनले यस्तो भने पनि तर जग्गा उपलब्ध नगराएकै कारणले ब्यारेक फिर्ता जान लागेको जग्गाका लागि पटक पटक गरिएको प्रयासले बताँउछ । कोल्टीमा रहेको भवानी बक्स गण अछाम माथतको गण हो । भवानी बक्स गण अछामका प्रमुख प्रमुख सेनानी लोचन कार्कीले भने त्यहाँ अब खासै आबश्यक नरहेकोले अछाम फिर्ता बोलाएको वताए । सेनाले पटक पटक जग्गाका लागि राजनितिक दल नेताहरु सँग आग्रह गर्दै आएको थियो, जग्गा ब्यबस्थापन नभएपछि बाध्य भएर फिर्ता हुन लागेको हो । पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नवस्न भने पछि बैकल्पीक ब्यवस्था नहुदा सम्म भन्दै विगत ३ बर्षदेखि बुढीनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण ‘क’ बस्दै आएको थियो । नेपाली सेनालाई बस्नका लागि जग्गा उपलब्ध गराउन नसक्दा फिर्ता हुन लागेको हो । नेपाली सेनाको ब्यारेक बनाउनका लागि कतै जग्गा उपलब्ध हुन नसक्दा अव लामो समय देखि बिद्यालयको भवनमा वस्न नसक्ने भन्दै हेडक्वाटरले फिर्ता बोलाएको भवानी बक्स गण कोल्टीका मेजर हरिराम कुमार श्रेष्ठले वताए ।
२०७१ सालमा सेनाको ब्यारेक नजिकै बाढी पहिरो गएर धन जनको क्षेति भए पछि नेपाली सेनाको प्राविधिक टोलीले सेना बसीरहेको गुम्वा क्षेत्रको ब्यारेकमा नवस्न भने पछि हाल बुढीनन्दा क्याम्पसको भवनमा बस्दै आएको थियो । नेपाली सेनालाई वस्नका लागि स्थानिय तहले ठाउँ नखोजेको भन्दै स्थानियले चर्को विरोध गरेका छन । दैवि प्रकोप लगायतका घटना तथा एयरपोर्ट पनि भएकाले भिआइपीहरुको सुरक्षार्थ समेत सहजता हुने भए पनि नेपाली सेनालाई वस्ने वातावरण नबनाएको स्थानिय काशीराम विष्टले वताए । यता बुढीनन्दा नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्याले नेपाली सेनाको ब्यारेकका लागि विभिन्न ठाउँमा जग्गाको खोजी गरे पनि कतै रेट नमिलेको र कतै वस्न योग्य ठाउँ नहुदा उनीहरु जान लागेको वताए । जग्गा खरिदका लागि पटक पटक कुरा गर्दा पनि स्थानियवासी दररेटमा सहमत नभएको बताइएको छ । प्रवक्ता पाध्याले नगर कार्यपालिकाको बैठकले प्रति वर्ग मिटर १ हजार रुपैया दिने भनेर निर्णय गरे पनि स्थानियले नमानेको वताए ।

चर्चामा

सम्बन्धित समाचार