शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • अलपत्र खेलकुद मैदान, जिम्मेवार को त ?

अलपत्र खेलकुद मैदान, जिम्मेवार को त ?

ठेक्का पनि अलपत्र अबस्थामा

  • बिहिबार, भदौ ५, २०७६
अलपत्र खेलकुद मैदान, जिम्मेवार को त ?

बडिमालिका समचार
बाजुरा ५ भदौ
बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको छ । ठेकेदार, खेलकुद विकास समिति, तत्कालिन प्राबिधिक कार्यलय र बडिमालिका नगपालिकाको चरम लार्पवाहिले अलपत्र परेको स्थानियको आरोप रहेको छ । निर्माण कार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि आर्थिक बर्ष ०७५।०७६ गरिएको ठेक्का पनि अलपत्र अबस्थामा रहेका छन् ।
चैत महिनामा दुइ वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनी अहिलेसम्म अलपत्र अबस्थामा रहेको छ । डिबि कन्ट्रक्सन एण्ड अडर सप्लायर्स को ५० लाख र बडिमालिका कन्ट्रक्सन एण्ड अडर सप्लार्सले ४० लाख बराबरको काम गर्ने भनि ठेक्का पाएका थिए । डिबि कन्ट्रक्सनले चैत १५ गते सम्झौता गरेको थियो भने बडिमालिका कन्ट्रक्सन चैत ८ गते काम गर्ने सम्झौता गरेको थियो । सम्झौतामा असार १५ गते सक्ने रहेको थियो ।
४० लाखको सुचना खेलकुद विकास समिति र ५० लाखको सुचना बडिमालिका नगरपालिकाले प्रकाशित गरेको थियो । टेन्डर निकाल्नमा अल्झिएका यि दुबै कार्यलयले अन्तमा फरक फरक सुचना निकालेका थिए । खेलकुद विकास समितिले निकालेको ठेक्का त खेलकुद विकास समितिको संलग्नतामा ठेक्का मिलाएको आरोप समेत लागेको थियो ।
स्थानिय पुर्बाधार अन्र्तगत सासंद लालबहादुर थापाको सासंद बिकास कोषबाट पचास लाख र खेलकुद परिषदबाट चालिस लाख बजेट बिनियोजन भएको खेलकूद विकास समितिले जनाएको छ । सासंद बिकास कोषको कम्पनीलाई दिएको ७ लाख पेश्की भन्दा बाहेक सबै रकम फ्रिज गएको छ । तर बडिमालिका नगरपालिकाले असार २९ गते कार्यपालिकाको बैठकले संघिय सरकार बाट स्रोत ब्यबस्थापन भएपछि नगरपालिकाको स्रोत बाट कामगर्ने गरि डिबि कन्ट्रक्सन एण्ड अडर सप्लायर्सलाई ठेक्का निरन्तरता दिने निर्णय गरेको थियो ।
बडिमालिका नगरपालिका एकातिर खेलकुद बिकास समिति अर्कातिर भन्ने आरोपका बिचमा खेलकुद अलपत्र रहेको आरोप लागिरहेको थियो । बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले भने केही प्राबिधिक समस्या उत्पन्न भएकाले केही काममा असर रहेको बताए । केही दिनमा काम शुरु हुने वताए । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले खेलकुद अलपत्र रहेको बारे चासो गएको बताए । केही दिनमै काम शुरु गराउने काम शुरु नगरेमा कार्बावाही गर्नेका लागि प्रक्रिया अगाडिब बढाउने वताए । यो भन्दा पहिला हरिष कन्ट्रन्सन र मनकामना निर्माण सेवाले काम गरेको थियो । निर्माण कार्य बिचमा अलपत्र रहेकाले पहिलाको संरचनामा अलि फरक आएको प्राबिधिकले जनाएका छन् । प्राबिधिकलाइ बोलाएर त्यो मिलाउने काम अगाडि बढाउने बडिमालिका नगरपालिकाले वताएको छ ।
बहुउद्देश्यीय कवर्डहल भनेर नामदिइएको भए पनि निर्माण बीचमै छोडिदा दुईवर्षदेखि अलपत्र परेको छ । विसं २०७३ मातत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेका थिए । भने तत्कालीन पोलिट व्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाई गरेको कर्भडहल अलपत्र रहेकोमा खेलाडीले दुख ब्यक्त गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको थियो । प्राविधिकले पुरै निर्माण गर्न एक करोड ९४ लाखलागतलाग्ने अनुमान गरेकाथिए। बीचमा खेलकूद विकास परिषद्बाट ४० लाख रकम पनि लगानी भएको छ

चर्चामा

सम्बन्धित समाचार