शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • आर्थिक वर्ष २०७६।७७ को स्वीकृत कार्यक्रमको सार्वजनिक

आर्थिक वर्ष २०७६।७७ को स्वीकृत कार्यक्रमको सार्वजनिक

  • शुक्रबार, अशोज ३, २०७६
आर्थिक वर्ष २०७६।७७ को स्वीकृत कार्यक्रमको सार्वजनिक

बाजुरा २ भदौ  : भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र बाजराद्धारा आर्थिक वर्ष २०७६।७७ को स्वीकृत कार्यक्रमको सार्वजनिकिकरण गरिएको छ । आज पशुसेवा कार्यालय बाजुराले जिल्लास्थित सम्पुर्ण सरोकार राख्ने निकायलाई राखी बाजुरा र शाखा कार्यालय अछाममा संचालन गरिने कार्यक्रमलाई सार्वजनिक गरेको हो । कार्यक्रमहरुलाई सार्वजनिक गर्देै पशुसेवा विज्ञ केन्द्र बाजुराका प्रमुख शंकर पाण्डेले मासु व्ययसायी व्यवसायीलाई दुईप पटक प्रधान गर्ने कार्यक्रम स्वीकृत भएको, व्यवसायीलाई कुखुरापालन तालिम, बंगुरपालन तालिम, खोरेत रोग नियन्त्रणका लागि अभिमुखिकरण, अछाममा माछापालन तालिम,एकल महिला, हलियार गरिब दलितलाई छनोट गरी कुखुरा तालिम प्रदान गर्ने कार्यक्रम रहेको बताउनुभयो । घाँस बाली श्रोतकेन्द्र स्थापना, पशु स्वास्थय सेवा शिवरि संचालन, स्थानिय तहसंग अन्तरक्रिया, रोग नियन्त्रण प्रचार प्रसार, डेरी सुधार आइसक्रिम बनाउने मेसिन खरिद, डेफिडिरिगं मेसिन खरिद बगैचा व्यवस्थापन लगायतका कार्यक्रम यो वर्षका लागि स्वीकृत भएको पनि जानकारी गराइएको छ । १० जना बंगुर पालक किसानलाई छनोट गरी तालिम प्रदान संगै व्यवसाय संचालन गर्नका लागि अनुदान दिने र कृषकलाई थप मजबुत बनाउनका लागि भेडा पालन तालिम प्रदान गर्ने लगायतका विभिन्न कार्यक्रम भेटेनरी तथा पशुसेवा विज्ञकेन्द्र बाजुरामा रहेको सार्वजनिक गरिएको छ । भेटेनरी तथा पशुसेवा विज्ञकेन्द्र बाजुराका प्रमुख शंकर पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्मुख अतिथि समन्वय उपसंयोजक सुनिता मिजार रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला स्थित सरोकार राख्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार