बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • २० लाखबढी रकम लिएर कर्णाली एग्रोकल्चर डेभलपमेन्ट संस्था फरार

२० लाखबढी रकम लिएर कर्णाली एग्रोकल्चर डेभलपमेन्ट संस्था फरार

  • बुधबार, चैत्र १३, २०७५
२० लाखबढी रकम लिएर कर्णाली एग्रोकल्चर डेभलपमेन्ट संस्था फरार

डोटीको दिपायलमा क्षेत्रिय कार्यलय खोलेको कर्णाली एग्रोकल्चर डेभलपमेन्ट नेपाल नामक संस्थाले २० लाख बढी लिएर फरार भएको छ । सुदुर पश्चिम प्रदेशको पहाडी जिल्ला अछाम, बैतडी बाजुरा, बझाङ र डोटीबाट २० लाख ७४ हजार ३सय ६८ रुपैया बराबर रकम लिएर फरार भएको हो । २०७५ साल जेठ २ गते डोटीको दिपायलमा स्थापना गरीएको सो सस्थाले पैसा असुली गर्नको लागी बिभिन्न समुह बनाई डोटीबाट ७ लाख ८६ हजार ९ सय, अछामबाट २ लाख ३० हजार ६ सय, बैतडीबाट ३ लाख ६ हजार ८ सय, बझाङ्गबाट ४ लाख ३५ हजार ५ सय र बाजुराबाट ३ लाख १४ हजार ४ सय गरी २० लाख ७४ हजार ३ सय ६८ रुपैया लगेर फरार भएको छ ।

डोटीमा क्षेत्रिय कार्यलय भएको संस्थाले डोटीका प्रत्येक स्थानीय तहमा गई १सय ६३ समुह बनाएर पैसा उठाउन लगाएको सो संस्थामा कार्यरत सामाजिक परीचालिका सरीता राणाले बताईन । आफुले तलवसमेत नपाएको गुनासो गर्दै राणाले भनिन, ‘समुहबाट उठाएको रकम लगेर संस्था भागिसक्यो, समुहका मान्छे पैसा माग्न आउछन, अब म कहाँबाट दिने पैसा ?

सस्थाले सुरुमा समूह बनाएपछि ३ सय रुपैयाँ उठाएको दिपायल समुहका सदस्य हर्क बिष्टले बताए । उनले भने, ‘३ सय उठाएपछि बिरुवा विरुवा वितरण गर्यो, त्यसपछि दोस्रोपटक १७ सय गरी प्रत्येक समुहका प्रत्येक व्यक्तिबाट २ हजारका दरले हाम्रो पैसा लिएर फरार भयो ।’,

कर्णाली एग्रोकल्चर डेभलपमेन्ट सस्थाको क्षेत्रिय कार्यलय दिपायलमा मात्र १२ जना कार्मचारी रहेका छन् । अहिले सो सस्थाको बोर्ड झुण्ड्याईएको छ कार्यालय अलपत्र भएको स्थानीय बताउछन ।

सस्थाले आफुले राखेको कार्यालयको घरभाडा पनि नतिरेको र कार्यालयमा कार्यरत कर्मचारीको तलबसमेत नदिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । सो सस्थाको केन्द्रीय कार्यलय सुर्खेत रहेको र संस्थाका अध्क्षय भष्टचारको आरोपमा हिरासतमा रहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार