बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • विचार/ब्लग
  • ग्रिनेट पड्काएर सिध्याउछु भन्ने कमरेडहरु” –‘आज जनयुद्ध दिवस रे’

ग्रिनेट पड्काएर सिध्याउछु भन्ने कमरेडहरु” –‘आज जनयुद्ध दिवस रे’

  • बिहीबार, फाल्गुन १, २०७६
ग्रिनेट पड्काएर सिध्याउछु भन्ने कमरेडहरु” –‘आज जनयुद्ध दिवस रे’

 आज फल्गुण १ गते जनयुद्ध दिवस रहेछ ! नेकपा र खासगरी तत्कालिन माओवादीले देशभरी नै महान जनयुद्ध दिवस मनाइरहेका छन् । मलाई पनि याद आयो, जनयुद्ध दिवस बनाएको सुनिरहँदा अनि चसक्क दुःख छ मुटु, नदुखोस त कसरी पढन हुन्न युद्धमा जानु पर्छ भन्ने युद्धका महाँन कमरेडहरु प्रति ।

रातदिन सताउने महान कमरडेहरु, त्यो जनयुद्ध, सत्तामा पुगेका कमरेड, युद्धमा ज्यान गुमाएका र अपागं कमरेडहरु, युद्धमा होमिएको समाज ! पक्कै पनि जनयुद्ध दिवसले फेरि स्मरण गरयो । हुनत त सत्ताको आलितालमा पुगेको महान कमरेडहरुलाई त के याद होला र ! २०६० साउनको महिना थियोे । बाहिर पुरै झरि थियो, आमा बिरामी हुनुहुन्थ्यो, रातको १२ बजिसकेको थियो । एक दर्जन जति माओवादि कमरेड आए । जबर्जस्ती ढोका खोल्न लगाए, खाना पकाउन निर्देशन दिए, मैले आमा बिरामी हुनुहुन्छ, भन्दा उल्टै धेरै बोल्ने हैन खुरुखुरु खाना पकाउने नभए अभियानमा कालिकोट लिने धम्की दिए । डरै डरले बिरामी आमा र मैले रातभरि कमरेडहरूलाई खाना पकाएर खुवायौ बिहाना जाने बेला धन्यवाद समेत दिएन्, उल्टै अबदेखि हामीले भनेको काम खुरुखुरु गर्ने आनकानी गरयो भने थिक हुदैन भनेर गए । २०६१ साल बैशाख महिना शनिबारको दिन हो तर गते थाहा भएन् ।

शनिवारको दिन भएकाले म जंगलमा बाख्रा चराइरहेको थिए । कमरेडहरूको हुल आयो, ओई केटा कार्यक्रममा जानू परयो भने । मैले बाख्रा चराउन आएको हु भन्दा, धेरै बोल्ने हैन “ग्रिनेट पड्काएर सिध्याउछ” भने, हुनत म एक सर्वशाधारणा थिए । तर “ग्रिनेट पड्काएर सिध्याउछ” भने पछि डरले भएपनि जानै पर्याे । एक घण्टा टाढा रहेको वलिखेत भन्ने ठाँउमा लगे । त्यहाँ त सुरुङ खन्ने कम गर्नु पर्ने रहेछ । कमरेडहरुले भनेको काम त डर डरले भएनि गर्नु पर्यो । चार घण्टा सम्म लगातार खन्दा पनि आराम गर्ने त कुरा नै थिएन्, थकाई मार्न खोज्दा खुरुक्क काम गर्ने नभए छताराको जनअदालतमा पुयाएर श्रम शिबिरमा एक महिना राख्ने धम्कि दिन्थे । मरि मरि भएनि काम गरियो, खाने कुरा त टाढाको पानि माग्दा पनि डर डरले मागेर खानु पथ्र्यो । बेलुका त फर्केदा त बाख्राले गहुँ चरेर खाएछन् । घर आउदा त परिवार र गहुँ मालिको गालि खप्नु पर्ने । धर्म मान्नु हुन्न भन्थे कमरेड हरु त्यो बेला ! खै अहिले उहाँहरु के गर्नु हुन्छ थाहा भएन् । त्यो बेल मेरो गाँउका एकजना धामि कत्रिम सिंह हुनुहुन्थ्योृ । उहाँलाई चुफि पालेको अनि देउता मान्ने आरोपमा तल र माथि मुसल (काठ) राखेर पेले । अइया भन्दा झन झन पेल्ने काम गरे, मेरो घर नजिकै थियो, म हेर्नु जाँदा उल्टै एक थप्पड पाए । म आफ्नो घर फर्के । त्यहि पेलाइके कारणले होला उहाँ एक महिना सम्म बिरामी हुनु भयो । मैले जनयुद्ध दिवस दिन सम्झिरहँदा केही घटनाहरु मात्र सम्झे ।

कमरेडहरु यहि हो गरिब जनताका लागि जनयुद्ध दिवस, हुनत न्याय र परिवर्तनका लागि थियो होला । तर कमरेडहरु उ बेला पढनु हुन्न भने युद्धमा लगाइएका युवाहरु कुन खाडी मुलुकमा परिश्रम गरिरहेका छन्, होलान के गर्दै होलान एक पटक सत्तामा पुगेका महाँन कमरेडहरुले एक पटक सोचीदिए हुन्थ्यो । लडालडदै मरे, अपांग भए । पाण्डुसेनमा गाबिसमा त्यहि युद्धमा सरकार पक्ष बाट हत्या भएका एकजनको छोराले केही बर्ष पहिला आत्माहत्या नै गरे । कारण थियो बुवा गुमाईसकेपछि गरिबीले आक्रान्त थेक्न नसक्नु । ति परिवार र अपांगको अबस्था के होला एक पटक जनयुद्ध दिवस मनाउदा एक मिनेट मौन धारणमा सोचौन त्यो बेला युद्धमा होमीएका गरिब जनताको योगदान बारे । हो राजीखुसी र स्वविवेकले नभई ’डरधम्कि र करकाप’ का कारणले पनि जनता त्यसमा सामेल हुनु परेको थियो । विगतको माओवादी आन्दोलनमा ‘जनयुद्ध’को मुलभूत चरित्र नै थिएन । आफु नखाएर ति योद्धा कमरेडलाई कोदाको रोटि खुवाएर योगदान पुयाउने आमा अहिले गाँउमा के गरी रहेकी होलीन्, ।

तर सबै लडे माओवादी मात्र हैन कुनै न कुनै माध्यममा बाट सबैको योगदान पुग्यो तर देशमा र जनजीवनमा केहि सुधार नभए पनि केहि अवसरवादी नेताहरु र तिनका सिमित झोलेहरुको जीवनमा महान आमूल परिवर्तन भएकोमा बधाई तथा शुभकामना । अनि आफ्नो ज्यान बलिदान दिने कमरेडहरु प्रति श्रद्धासमुन !! अपागं घाइते प्रति स्वास्थ्य लाभको कामना ।

चर्चामा

सम्बन्धित समाचार