बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाल बिबाह अन्त्यका लागि सामुदायिक भेला 

बाल बिबाह अन्त्यका लागि सामुदायिक भेला 

  • आइतवार, माघ १९, २०७६
बाल बिबाह अन्त्यका लागि सामुदायिक भेला 

बाजुरा १९ माघ–  ‌बाल बिबाह अन्त्यका लागि सामुदायिक  भेला  रोयल होटेलमा सम्पन्न भएको छ । बडिमालिका नगरपालिका महिला बिकास तथा जेष्ठ नागरिक शाखाको र बडिमालिका नगरपालिका वडा न ९को समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा जानकारी गराउदै जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक दान बहादुर रोकायाले उमेर नपुग्दै बिबाह गरेमा शाररिक , मानबसिक रुपमा असर पर्ने र स्वास्थ , शिक्षामा पनि बाधा पुग्ने भएकाले सहभागी सम्पुर्ण बाल बालिका , अभिवाबक , जनप्रतिनिधिलाई जानकारी गराएका थिए । साथै उहाँले कुसंस्कार जातीय विभेदलाई पनि अन्त्य गर्न आग्रह गरेका छन् । केटीको १८ बर्ष र केटाको २० बर्ष पूरा नभएमा तीन बर्ष कैद वा तीस हजार रुपैयाँ जरिवाना गरिने कानुनी व्यवस्था रहेको बताए । महिला बिकास तथा नागरिक शाखा सहायक महिला बिकास अधिकृत बिन्दु बडालले आफ्नै घर परिवार बाट बाल बिबाह रोक्नुपर्ने बताएकी छन् । उमेर नपुग्दै बिबाह गरेपछि साररिक,मानसिक स्वास्थ मा असर परने बताउनु भएको थियो । त्यस्तै । समन्यय बडिमालिका नगर्पालिका वडा न ९ काे रहेकाे कार्यक्रममा  बडिमालिका नगरपालिका महिला बिकास तथा जेष्ठ नागरिक साखाकाे अायाेजनामा गरिएकाे थियाे । एक दिने गोष्ठिकाे  प्रशिक्षण प्रहरी निरीक्षक दान बहादुर रोकायाले गरेका थिए । वडा अध्यक्ष बिनोद बि ककाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमका  प्रमुख अथिती जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकाया रहेका थिए । रोयल होटेलमा  सचालन गरिएकाे कार्यक्रमकाे संचालन सहायक महिला बिकाश अधिकृत बिन्दु बडालले गरेकाे पत्रकार राम बहादुर बिकले बताएका छन् । उमेर नपुग्दै बिबाह गरेपछि साररिक,मानसिक स्वास्थमा असर पर्ने हुदा यसमा सवैले सचेत रहन अाग्रह गरिएकाे थियाे  ।

चर्चामा

सम्बन्धित समाचार