बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • क्रिश्चियन बनेकी युवतीलाई पर्मेश्वरकाे नाममा करणी

क्रिश्चियन बनेकी युवतीलाई पर्मेश्वरकाे नाममा करणी

  • शनिबार, माघ ११, २०७६
क्रिश्चियन बनेकी युवतीलाई पर्मेश्वरकाे नाममा करणी

काठमाडौं । श्रमिक महिला रक्षा संघकी अध्यक्ष सविना लिम्बूले आफ्नाे संस्थाको पहलमा बलात्कारी पास्टर विश्वास जोशी पक्राउ परेको दाबी गरेकी छन् ।

लिम्बूले एक प्रेस विज्ञप्ती निकाली सो दाबी गरेकी हुन् ।

उनको प्रेस विज्ञप्तीः

मिति– २०७६।१०।०५
आदरणीय सञ्चारकर्मी मित्रहरु,

विषय– पास्टरद्वारा गरिएको जबरजस्ती करणीबारे पीडितको तर्फबाट वास्तविकता अवगत गराइएको बारे ।

विगत पाँच वर्षदेखि अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुको हक हितका लागि विविध कार्य गर्दै आएको यस संस्था श्रमिक महिला रक्षा संघ विशेषतः कार्यस्थलमा हुने यौनजन्य हिंसाविरुद्धको अभियानमा क्रियाशील रहेको अवगत गराइन्छ ।
यही सिलसिलामा यस संघको आजिवन सदस्य रहनुभएकी ललितपुर, नख्खिपोट निवासी परिवर्तित नाम जावलाखेल (२१) ले मिति २०७६ पुस २७ गते विहान ११ बजे आफूमाथि ललितपुरको कुसुन्तीस्थित आशा मण्डली नामक चर्चका पास्टर ध्रुवबाबु भनिने विश्वास जोशीले यौनजन्य दुव्र्यवहार (जबरजस्ती करणी) गरेको व्यहोराको निवेदन दिनुभएको थियो । आफू ११ वर्षदेखि क्रिस्चियन धर्मप्रति आस्थावान रही धार्मिक विधिअनुसार प्रार्थनामा सहभागी हुने गरेको पीडित परिवर्तित नाम जावलाखेल (२१) ले आफ्नो निवेदनमा खुलाउनुभएको छ । त्यसक्रममा नख्खिपोटमा बसोबास गर्ने आमाहरुसँग उक्त आशा विश्वास मण्डलीका पास्टरसँग भेट भएको र उसले गोप्य मिटिङ छ भनी ललितपुरको महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा रहेको सिटी गेष्ट हाउस लगेको थियो । कोठाभित्र लगेपछि ‘तिमीहरुसँग सुत्न मलाई परमेश्वरले पठाएको’ भन्दै जबरजस्ती बलात्कार गरको थियो । उसले आफ्नो काम सिध्याएपछि ‘नडराउ, मैले यो गरेपछि तिम्रो शरिरमा भएको नकारात्मक निराशाको आत्मा भाग्छ, सुसाइड गर्ने जुन मनमा आउने सबै डर चिन्ता हट्छ’ भनी मलाई सम्झायो । पछि पनि पटकपटक पसलमा आएर मलाई जबरजस्ती करणी गर्ने काम गरी नै रहयो ।
यसप्रकारको व्यहोरासहित निवेदन आएपछि यस संस्थाकै पहलमा पीडितसहित हामी महानगरीय प्रहरी परिसर, ललितपुर, जावलाखेल पुग्यौँ । त्यहाँ सोही दिन, अर्थात् २०७६।०९।२७ गते पीडितको जाहेरी दर्ता भयो । भोलिपल्ट २८ गते प्रहरीले घटनास्थल मुचुल्का उठायो । यसप्रकार सोही दिन २८ गते पीडक ध्रुव बाबु भनिने विश्वास जोशी पक्राउ परेका हुन् ।
यसप्रकार हाम्रो अग्रसरताअनुसार नेपाल प्रहरीले पीडितको पीडालाई साम्य पार्न हाम्रो जाहेरीबारे तत्कालै सकारात्मक पहल गरिदियो । प्रहरीको यसप्रकारको अग्रसरताको हामी उच्च प्रशंशा गर्दछौँ ।
सविना लिम्बू
अध्यक्ष
९८४१३३७२७५

चर्चामा

सम्बन्धित समाचार