शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा चिकित्सक उपचार मात्र गर्दैनन्, आफै रगत दिएर बिरामी बचाँउछन्

बाजुरामा चिकित्सक उपचार मात्र गर्दैनन्, आफै रगत दिएर बिरामी बचाँउछन्

चिकित्सकले रगत दिएर बचाए ममतालाइ

  • शनिबार, पुस १९, २०७६
बाजुरामा चिकित्सक उपचार मात्र गर्दैनन्, आफै रगत दिएर बिरामी बचाँउछन्

प्रकाश सिंह
बडिमालिका नगरपालिका ७ बस्ने २० बर्षकी ममता रोकायालाई अत्याधिक रक्तस्राब भएपछि जिल्ला अस्पताल बाजुरा शुक्रवार साँझ आफन्तले पुयाए । उनी डेढ महिनाकी गर्भवती रहेकी थिईन् । उनको पाठेघरमा अत्याधिक रक्तस्राब भएपछि अचेत अबस्थामा मात्र जिल्ला अस्पताल बाजुरामा पुयाईएको थियो ।
ममतालाई अस्पताल पुयाउने बितिकै बि पोेजेटिभ रगतको आबश्यक रहेको थियो । उनका श्रीमान बिरेन्द्र रोकायालाई रगत खोज्न चिकित्सकले भने । उनले रगतका लागि धेरै हारगुहार गरे, आफन्तलाई भने, कतै रगत दिने ब्यक्ति पाएनन् । ममताको रगतमा हेमोगोलोबिनको मात्र २ प्वान्ट मात्र थियो । बिरेन्द्रले कतै रगत नपाएपछि अस्पतालका चिकित्सक डा. शेर बहादुर साउद र डा. कमल रस्तोलीले एक एक प्वान्ट रगत दिए । उनको अबस्था निकै जोखिम थियो, आफुहरुले रगत दिनु भन्दा अरु बिकल्प नै भएन्, डा. साउदले वताए ।


ममतालाई पाठेघर भित्र रक्तस्राब भएर रगत त्यहि जमेकाले उनको उपचार जिल्ला अस्पताल हुन सकेन्, । तत्काल जोगाउनलाई चिकित्सकले रगत दियौ, राति नै बयलपाटा पुयाएर अप्रेसन गरेको बयलपाटा अस्पताल रिफर गरेको बाजुरा अस्पताल प्रमुख डा. रुपचन्द्र बिश्कर्माले वताए । चिकित्सले बिरामीको उपचार मात्र गर्दैनन्, रगत दिएर पनि बिरामी बचाउने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. बिश्वकर्माले वताए । डा. साउद आकस्मीक प्रस्तुती सेवा दिने तालिम प्राप्त मेडिकल अधिकृत हुन् भने डा. रस्तोली मेडिकल अधिकृत हुन् । डा. साउद र रस्तोली स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले NIS (Nick simons Institute) जिल्ला अस्पताल बाजुरामा पठाएको हो । उनिहरु बाजुरा आएको दुई हप्ता भएको छ ।
जिल्ला अस्पताल बाजुरामा ममातलाई रगत दिएर बयलपाटा रिफर गरेको थियो । उनलाई वडा अध्यक्ष धर्मराज पाध्याले लिएर बयलपाटा अस्पताल पुयाएका थिए । उनले र पत्रकार तुलाराम जैशीले त्यहाँ रगत दिएको वताए । बयलपाटा अस्पतालका निर्देशक डा. विकास गौचनले भने अप्रेशन पछि उनको अबस्था सामान्य रहेको वताए ।


जिल्ला अस्पताल बाजुरामा कोही बिरामी भएर रगत चाहीएमा स्वास्थ्यकर्मीले दिनु पर्ने बाध्यता रहेको छ । उपचार मात्र हैन रगत दिने कोही भेटिदैनन्, आफै रगत दिनु परेको चिकित्सक बताँउछन् । स्वास्थ्यकर्मी कहाँ रगत नपाएपछि नेपाली सेना नेपाल, शसस्त्र प्रहरी, नेपाल प्रहरी गुहार माग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो ।
जिल्ला स्वास्थ्य कार्यलयमा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा दिनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको अस्पतालले जनाएको छ । सुत्केरीका लागि रगतको निकै खाचो हुने गरेको छ, रगत दिने खोज्दै बजार र सरकारी कार्यलय धाउने गरेका छौ डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले वताए ।
अस्पतालमा बलोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा बलोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ । बाजुरामा भदौ यता मात्र अत्याधिक रक्तस्रापले ५ जना सुत्केरीले ज्यान गुमाइसकेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार