शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • एक सय बालबालिकाले खोप पाएनन्

एक सय बालबालिकाले खोप पाएनन्

तत्काल ब्यवस्था नभए चारै स्तानिय तह प्रभाबित हुँने

  • मङ्लबार, पुस १५, २०७६
एक सय बालबालिकाले खोप पाएनन्
काेल्टी प्राथमिक केन्द्र बाजुरा

निमेन्द्र शाही
बाजुरा १५ पुष– बाजुरा जिल्लाको पुर्बित्तर चार वटा स्थानिय तहका बालबालिका बालबालिकालाई खोप दिन कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा राखीएको रिफ्रेजेनेटर बिग्रदा खोप सेवा प्रभावित भएको छ । पुस पहिलो साता संचालन भएको खोप सेवा बाट तिन स्थानिय तहमा खोप संचालन भए पनि हिमाली गाउँपालिकामा भने खोप सेवा शूरु नै भएन ।
‘हाम्रोमा भ्याक्सीन राख्ने फ्रिजले आइस बनाउँन सकेको छैन, अब भ्याक्सीन सुरक्षीत हुँदैन यो नबनाउँदा सम्म खोप सेवा संचालन गर्न सकीदैन’ कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख ओमजंङ्ग शाहीले बताए। उनले थपेः‘हामीले बिग्रेको कुरा जिल्लामा खबर गरेका छौं यो मर्मत केन्द्रीय मेडीकल स्टोर प्राबिधिक आएर मात्र बन्छ ।’
यस क्षेत्रमा हरेक बर्ष केही न केही बाहानामा बालबालिकाले खोप सेवा पाउँदैनन्। यस बर्ष पनि पुरानै रोग दोहरीएको छ । जिल्लाको दुर्गम हिमाली गाउँपालिकामा खोप सेवा शुरु गर्न नपाउँदै फ्रीज बिग्रेको हो। ‘हाम्रो गाउँ पालिका ६र७ नम्बर वडाका एक सय बालबालिका छुटेका छन्।उनिहरुले पौष महिनामा पाउनुपर्ने सबै किसिमका खोपहरु पाएका छैनन ।’ हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताए
भण्डारीले भनेः ‘हिमाली गाउँपालिकामा खोप भण्डारण गर्न आवश्यक रिफ्रेजेनेटर चलाउन सक्ने बिधुतिय श्रोत नभएको र बाजुरा जिल्लाका साविकको उत्तरी क्षेत्रमा रहेका साबिका ११ गाउँ विकास समिति को लागि भ्याक्सिन कोल्टी प्राथमिक केन्द्रमा स्टोर गर्ने गरेको र नियमित खोप सेवा सन्चाल गर्दा भ्याक्सिन क्यारियर बाट ढुवानी गर्ने गरेका थियौं तर हाल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको भ्याक्सिन स्टोरेज गर्ने रिफ्रेजेनेटर बिग्रिएकोले यस्तो समस्या आएको हो ।’
उनले बिकल्प पनी दिए ‘खोप सेवा अति नै संबेदनसिल सेवा हो । यो महिना खोप लगाउन छुटेका सबै बालबालिकालाई अर्को महिनाको खोप क्लिनिक सन्चालन गर्दा खोप सेवा दिने ब्यबस्था मिलाउने छौँ ।हामीले खोप ढुवानी गर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी पठाइएका थियौं तर भ्याक्सिन कोल्डचेन मेन्टेन नभएको कारण जोखिमता नलिने निर्णय गरि यो महिनाको खोप सेवा स्तगत गरिएको हो ।’
भ्याक्सिन स्टोरेज गर्न २४ सै घन्टा कोल्डचेन मेन्टेन गर्नु पर्नेहुन्छ यस्को लागि २५ डिग्री सम्मको तापक्रम कायम राख्न सक्ने क्षमताको रेफ्रेजेनेटर र सोही अनुसारको बिधुत अथवा सोलार पावर आवस्यक हुन्छ यस्कोलागी स्थानीयतह सग श्रोत नभएको हुँदा साथै प्रदेश सरकार तथा संघीय सरकार संग सहयोग मागे पनि कसैले चासो नदेखाउँदा यो समस्या आएको हो
फोटो क्याप्सनः कोल्टी क्षेत्रका बालबालिक ार आमाको फोटो ः फोटो निमेन्द्र शाही

चर्चामा

सम्बन्धित समाचार