
बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०८२/०८३ मा गरेका कामहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरीएको हो । बडीमालिका नगरपालिकाको आयोजना तथा एमडी आभास मल्टिमिडिया हाउसले सहजीकरण गरेको एमडी आभास मल्टिमिडिया हाउसका संचालक मदनराज जैशीले बताएका छन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख अमर खड्का, प्रमुख प्रशाशकीय अधिकृत लाेकराज जाेशी प्रमुख बक्ताको रुपमा रहेका थिए । प्रमुख प्रशासकि अधिकृत लगायत बिषयगत शाखाका प्रमुखहरुले नगरपालिकाका नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धीहरुको बारेमा नगरबासी तथा सरोकारवाला निकायलाई जानकारी गराएका थिए । त्यस्तै नगरपालिकाद्वारा प्रवाह गरिने सेवा प्रवाहलाई थप सुदृढ बनाउन आवश्यक सुझाव सल्लाह लिई सुधार गने, र अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चितता गर्न जनप्रतिनिधी र कर्मचारीलाई थप जिम्मेवार बनाउने नगरप्रमुख अमर खड्काले बताएका छन । कार्यक्रममा विषयबस्तु प्रस्तुतिकरण नागरिक प्रतिवेदनका आधारमा सहभागीहरुलाई एमडी आभाष मल्टिमिडिया हाउसका संचालक मदन राज जैशीले सहजीकरण गरेका थिए ।
स्थानिय स्तरबाट उठेका प्रश्नको उत्तर नगर प्रमुख अमर खड्का, प्रमुख प्रशासकिय अधिकृत लाेकराज जाेशी र नगर प्रबक्ता धर्मराज पाध्याय लगायत बिषयगत शाखाका प्रमुखहरुले दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले नगरपालिकाका भए गरेका उपलव्धीहरुलाई साविकको भन्दा राम्रो बनाउन सुझाव दिएका छन । सार्बजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका स्थानीय, जनप्रतिनिधि, जिल्ला स्थित राजनितिक दलका नेताहरु, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पत्रकारहरु लगायतकाे सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन गरिएको थियो ।
बडिमालिका नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाेकराज जाेशीले बताए । कार्यक्रमका सहभागी राजनितीक दलका तर्फबाट नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर वली रास्वपाका नगर सभापती मदनराज पण्डित लगायतका नेताहरुकाे सभागीता रहेकाे थियाे । राजनितिक दलका नेताहरुले नगरपालिकाको समग्र विकासका लागी निरन्तर लाग्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।


