शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • १४ सय बिद्यार्थी खुला ठाँउमा दिशापिसाब गर्दै

१४ सय बिद्यार्थी खुला ठाँउमा दिशापिसाब गर्दै

जिल्लाकै राम्राे भनिएकाे जनप्रकाश उच्चमाबि दुराअबस्था

  • मङ्लबार, भदौ ३१, २०७६
१४ सय बिद्यार्थी खुला ठाँउमा दिशापिसाब गर्दै
बुढिन्नदा नगरपालिकामा २ कोल्टिमा रहेको जनप्रकाश उच्च माबि रहेको अलपत्र शौचालय

प्रकाश सिंह / लक्ष्मीराज पाध्याय
बाजुरा, ३१ भदौ
बुढिन्नदा नगरपालिका २ कोल्टिमा रहेको जनप्रकाशउच्चमाबि र बुढिन्नदा क्याम्पसकाबिद्यार्थी खुला ठाँउमा दिशापिसाबगर्ने गरेकाछन् ।बिद्यालयमामाबि, उच्चमाबि र क्याम्पस गरेर १४ सय बिद्यार्थी भएपनिशौचालय सञ्चालनमानहुँदानजिकै रहेको जैतुनको बगैचा र खुला ठाँउमा शौच गर्ने गरेको बिद्यार्थीले वताएका छन् ।
बिद्यालयमाशौचालय छ, ब्यबस्थित र पानिअभाबमाखुला ठाँउमा दिशापिसाबगर्ने गरेको बिद्यालयकाशिक्षकधिर बहादुर दानिले वताएका छन् । बिद्यालयमाशौचालयनहुँदा पठनपाठन प्रभाबितहुदैगएको छ । बाजुराकाचार वटा स्थानियतहमा एक मात्रक्याम्पस रहेको छ, भने बाजुरामै दोस्रोमा सबै भन्दा बढि बिद्यालयभएको बिद्यालयका रुपमा रहेको छ । बिद्यालयमाशौचालय छैन नजिकै रहेको जैतुनबारीमा लुकेर दिशापिसाबगर्ने गरेको छात्रा कल्पनाबोहाराले वताएकि छन् । शौचालयनिर्माण त गरेकाहुन्, तर सञ्चालनमानआएर अलपत्र रहेको उनले वताईन् ।
कक्षा १०माअध्यनरत एक छात्राले भने लाजमानेर पनि के गर्नु, शौच गर्ने ठाँउ कतै छैन्, बाध्यभएर मुख छोपेर खुला ठाँउमा दिशापिसाबगर्ने गरेको वताईन् ।बिद्यालयको जग्गामा जैतुनलगाईएको छ, बिचमा घाँस उम्मरेको छ, त्यसैमादिशापिसागर्ने गरेको वताए ।बिद्यालयकाप्रार्चाय अनोजराजगिरीले भने पानिको ब्यबस्थापनगर्न नसक्दा सञ्चालनआउननसकेको स्वीकार गरेका छन् । बिद्यार्थीको चाप धेरै छ, पानिको ब्यबस्थापनगर्न सकेका छैनौ केही समयमै ब्यबस्थापन गरेर सञ्चालनमाल्याउने बताए ।
शौचालयमाप्रयोग नहुँदामहिनावारी भएका छात्राहरु बिद्यालयमानियमितिनहुने गरेका छन् । बिद्यालय प्याड ब्यबस्थापन छैन्, अर्को शौचालयनभएकाले महिनावारी भएको ३ दिन सम्मअनियमितहुने गरेको कक्षा १० माअध्यनरत लक्कि सिंहले वताएकि छन् । बाजुरा जिल्लानै पुर्ण सरसफाई अभियानचलिरहेको बेलाबिद्यालयमाबिद्यार्थी नै खुला ठाँउमा दिशापिसाबगर्नुले चुनौतीबन्दै गएको छ । बुढिन्नदा नगरपालिकानगर प्रमुखपदमकुमार गिरीले भने बिद्यालयशौचालय त छन्, तर प्रयोगबिहिनभएको पाईएको छ, सञ्चालनकालागिनगरपालिकाले पहलगर्ने वताए ।
जिल्लाकाअन्यकेहीबिद्यालयमाशौचालयपनि छन्, तर प्रयोगमा छैनन् ।बाजुरामामाबि ४१ र उच्चमाबि १९ रहेका छन् । त्यस्तै निमाबि ६६ र प्राबि १ सय २३ गरी जम्मा २ सय ४९ सामुदायिकबिद्यालय रहेका छन् । धेरैमा छात्रा शौचालयनहुँदाउनिहरु बिद्यालयमानियमितनहुने गरेको छन् । बिद्यालयमाशौचालयनिर्माण भएका छन्, तर प्रयोग बिहिन छन्, अन्यशौचालय त सञ्चालनमा छैनन्, छात्रा शौचालय त टाढाको बिषयहो नागरिक समाजकाअगुवा शेर बहादुर शाहिले वताएका छन् ।
बिद्यालयमा छात्राहरुको नियमित र सहभागिता गराउनको लागि छात्रामैत्रीशौचालयनिर्माण र ब्यबस्थापनगर्नकालागि सरकारी तथा गैर सरकारी संस्थाले बजेट खर्चेको भएपनिब्यबस्थापनहुननसकेको महिलाअधिकार मञ्चकीअध्यक्ष रुखमणि शाहले वताईन् । महिनावारी भएको बेलाबिद्यालयमाउनिहरुलाई असहजबाताबरण हुने भएकाले पढाईमा समेत बाधाहुने गरेको छ । कुनै बिद्यालयमामहिनावारी भएको बेलाबिद्यालयमानआउने प्रचलन रहि आएको शाहले वताईन । बर्षमामहिनावारी हुने छात्राहरु कम्तिमा ३६ दिनबिद्यालयमाअनुपस्थितहुने गरेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार