मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • फुटबल
  • प्रथम मेयरकपमा कर्मचारीले जिते भाले बाजी

प्रथम मेयरकपमा कर्मचारीले जिते भाले बाजी

  • बुधबार, अशोज २९, २०७६
प्रथम मेयरकपमा  कर्मचारीले जिते भाले बाजी

धर्मराज पाध्याय काेल्टी —  बाजुरा जिल्लाको कोल्टीमा बुढीनन्दा नगरपालीकाको आयोजनामा प्रथम मेअर कप आज बाट सुरु भएको छ ।
खेलको माध्यम बाट नगर पालीकाको विकास, युवाहरुको क्षमता , युवा मैत्रीक नगरको बिकास का साथ आज बाट उक्त खेलको आयोजनाको संञ्चालन गरेको आयोजक ले जनाएको छ । बाजुरा जिल्लाको ठुलो धन राशी भएको यस खेल बाट आगामी दनिमा समेत खेलको बिकास मा टेवा पूग्ने र गतीशीलता ,अनुशासन र बिकास हुने खेल बाट खेलाडीको बिकास हुने नगर प्रमुख पदम कुमार गीरीले बताएका छन ।
आज को उद्धघाटन कार्यक्रम मा कार्यक्रम अध्यक्षता नगर प्रमुख पदम कुमार गीरी, प्रमुख अतीथी पुर्व भुमी सुधार सहायक मन्त्री जनक राज गीरी , पुर्व सासद नेक पा का नेता हीक्मत जंग शाही, प्रदेश कमीटी नेकपाका सदस्य अझ बहादुर मल्ल ,नेपाली काँग्रसेका नेता बाजुरा उपसभापती गोबिन्द्र बहादुर मल्ल लगाएत सरकारी तथा गैर सरकारी राजनैतीक दल का नेता तथा प्रती नीधी रहेका थीए ।
कार्यक्रम मा २३ वटा टीम को दर्ता हाल सम्म भएको अन्य दर्ता हुने कार्य मेयअरकप खेलका संयोजक दीपक कार्की ले बताए।
आजको उद्धघाटन कार्यक्रम मार्चपास सहीत ,कर्मचारी र ब्यपारी बिच भएको खेलमा भाले बाजि कर्मचारीले २ गोल ले ब्यापारी पछाडी पार्दै भाले बाजी कर्मचारी हात मा पारेका छन् । भने भोली बाट खेल नियमीत सुरु हुने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार