बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा प्रथम छेडेदह पर्यटन महोत्सवको आय ब्यय सार्बजनिक

बाजुरामा प्रथम छेडेदह पर्यटन महोत्सवको आय ब्यय सार्बजनिक

  • आइतवार, कार्तिक ३, २०७६
बाजुरामा प्रथम छेडेदह पर्यटन महोत्सवको आय ब्यय सार्बजनिक

बाजुरा ३ कार्तिक : बाजुराको दक्षिणी भेगमा रहेको पर्यटकि क्षेत्रका रुपमा रहेको छेडेदहको प्रचार प्रसार र उक्त क्षेत्रलाई देशभरी चिनाउन र पर्यटक भित्र्याउने उद्देश्यका साथ खप्तड छेडेदह गाउँपालिकामा पहिलो पटक छेडेदह पर्यटन महोत्सव सम्पन्न भएको छ । नेपाल भम्रण २०२० लाई सघाउन खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय स्थल छेडेदहमा असोज २६ गतेदेखि कार्तिक १ गते सम्म प्रथम छेडेदह पर्यटन महोत्सव हुने भएको हो ।

  “कृषि पर्यटन कला संस्कृती बाजुराको पहिचान, पर्यटकलाई गन्तब्यसम्मको जिम्मा जयमालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ छेडदह महोत्सवको आयोजना गरि समापन पछि आइतबार एक कार्यक्रमका बिच आयबिय समेत सार्बजिनिक गरेको छ । जसमा टिकट बिक्री १५ हजार ७ सय महोत्सवको सांस्कृतीक कार्यक्रममा भएको आयोजकले जनाएको छ । तालमा डुङ्गा चढेको प्रति ब्यक्ती १ सयका दरले २ हजार ५ सय टिकट बिक्री भएको आयोजकले बताएको छ ।

सहयोजक आयोजक प्रयोजक, टिकट बिक्री गरेर जम्मा २० लाख १ हजार ५ सय आम्दानी भएको बताएको छ । त्यस्तै गरि कलाकारलाइ ४ लाख ५० हजार,यातायता ३ लाख, अतिथि सत्कार र बिबिधमा ४ लाख ५० हजार, प्रचार प्रशार १ लाख २० हजार, सम्मान तथा मायाको चिनोमा १ लाख ५० हजार, टेन्ड ६ लाख ५० हजार बिबिधमा ८५ हजार गरि १९ लाख ५ हजार खर्च भएको आयोजक कमिटिका अध्यक्ष प्रेम नाथले पत्रका सम्मेलन मार्फत सार्बजनिक गरेका छन् । बाकि मौज्जादमा ९६ हजार ५ सय रहेको नाथले बताए । छेडेदह तालको संरक्षण पर्यटन प्रबद्धन गर्ने उदेश्यले महत्सवको आयोजना गरिएको र यसले जिल्लाको पर्यटन प्रबद्धन र प्रचार प्रशारमा केही सहयोग पुगेको आयोजक समितिले जनाएको छ ।


जयमालिका यातायात प्रालि र खप्तड छेडेदह गाउँपालिकाको आयोजनामा पहिलो पटक छेडेदह पर्यटन महोत्सवको आयोजना गरिएको थियो । जिल्लाका बिभिन्न पर्यटकिय क्षेत्र मध्य छेडदह तालको संरक्षण प्रबद्धन र प्रचार प्रशार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको जयमालिका यातायात प्रालीका अध्यक्ष प्रेम नाथले बताए ।

चर्चामा

सम्बन्धित समाचार