शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • १६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु

१६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु

  • आइतवार, असार १, २०७६
१६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु

राम बहादुर बि.क
बाजुरा १, असार
शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १६ वर्षिया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेहद गाउँपालिका वडा नं ६ की सिता कुमारी पाध्याय रहेकी छन् ।
उनी शनिबारको साँझ गाईगोरुको लागि गांँउ नजिकै रहेको काउला भिरमा घाँस काट्न गएको वेला चिप्लेर भिरबाट लडेर उनको घटनास्थमै मृत्यु भएको उनका आफन्त बुद्ध सेजुवालले बताएका छन् ।
पाध्याय वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जालपा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेकी थिइन् ।
जिल्लामा यस्ता पटक पटक घटना घट्ने गरेकाले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । जिल्लाका अधिकांश बालबालिकाको हरुको यस्तै समस्या रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार