बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • ३ घण्टा हिडेर बक्सिङ्ग सिक्ने आर्थिक अभाबमा उदाएकि १८ बर्षिया भाबना

३ घण्टा हिडेर बक्सिङ्ग सिक्ने आर्थिक अभाबमा उदाएकि १८ बर्षिया भाबना

  • बुधबार, जेष्ठ २२, २०७६
३ घण्टा हिडेर बक्सिङ्ग सिक्ने आर्थिक अभाबमा उदाएकि १८ बर्षिया भाबना

प्रकाश सिंह । लक्ष्मिराज पाध्याय
जेठ, २२ बाजुरा
आर्थिक अबस्था निकै कमजोर छ । त्यसैमा सिक्ने ठाँउपनि छैन् । घरमा काम नगरेर खान पनि पुग्दैन् । तर पनि राष्ट्रिय रुपमा बक्सिङ्ग पहिचान कमाउन १८ बर्षिय भाबना ऐडी सफल बन्दै गएकि छन् । उनको घर बाजुराको बडिमालिका नगरपालिका ८ हो ।
भाबना ऐडी घर काम नभएको दिन तिन घण्टा हिडेर बाजुराको सदरमुकाम मार्तडीमा रहेको खेलकुदमा आएर बक्सिङ्ग सिक्ने गर्छन् । त्यहाँ पनि बक्सिङ्ग सिकाउने प्रशिक्षक छैन्, तर भोलेन्टर रुपमा योगेन्द्र थापाले सिकाउने गर्छन् । २०७५ साल देखी बक्सिङ्ग सिक्न शुरु गरेकी भाबना ५७ केजी तौलमा उनले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि भइसकेर तेस्रो स्थान समेत हात पारिसकेकि छन् ।
बक्सिङ्ग सिक्न शुरु गरेको धेरै समय नभएपनि पनि उनले आठौ राष्ट्रिय खेलकुदमा तेस्रो स्थान बन्न सफल भईन् । कर्णाली प्रदेशलाई हराउदै उनले तेस्रो स्थान हात पारेकी हुन्, भने आर्मी प्रथम र पुलिस दोस्रो स्थान भएका थिए । भाबनाले प्रदेश स्तरीय गणेशमान बक्सिङ्ग प्रतियोगिता दोस्रो भएकि थिईन् । आठौ प्रदेश स्तरीय छनोटमा प्रथम भएपछि उनले शुदुरपश्चिम प्रदेश बाट आठौ राष्ट्रिय खेलकुदमा सहभागि हुन पाएकि थिईन् ।


बक्सिङ्ग खेल्न निकै रहर भएर लागेकी हु । तर आर्थिक अबस्था निकै कमजोर छ, अर्को बाजुरामा खेलकुदले प्रशिक्षक नै राखेको छैन्, बाहिर अन्य ठाँउ र कुनै क्लबमा जानलाई पैशा नभएकाले अझै सिक्ने अबसर बाट बञ्चित हुदै गएको भाबनाले वताएकि छन् । अहिले उनि एस ई ई परिक्षा दिएर बसेकी छन्, घरको काममा ब्यस्त छन्, पैशा भए धनगढी काठमाडौ गएर सिक्ने थिए, पैशा नहुँदा रहर रहमै सिमित भएको वताईन् ।
नियमित घरमा काम गर्नु पर्छ, शनिवारको दिनमा कहिले समय मिलाएर मार्तडीमा सिक्न आउने गर्छौ, प्रशिक्षक योगेन्द्र थापाले भोलेन्टर सिकाउने गर्छन्, त्यहि अलि अलि सिक्ने गरेको भाबनाले वताईन् । खेलकुदमा सिक्न त आउछौ, सिक्ने बेला पन्जा समेत नभएर खालि हातले सिक्नु परेको भावना बताँउछन् । नेपाल आर्मीमा कार्यरत बक्सिङ्ग खेलाडी पुनम रावल बाजुराकै हुन उनकै प्रेरणाले आफुले बक्सिङ्ग सिकेको भावना बताँउछन्, तर घरकाले छोरी मान्छे, त्यसैमा पैशा छन्, किन खेल्नु परयो बरु त्यो भन्दा घरको काम गर्नु परयो भन्ने गरेको उनले वताईन् ।
नियमित खेल्न पाएको भए र अर्को प्रशिक्षकको ब्यबस्था भएको भए अन्तराष्ट्रिय रुपमा आफ्नो कला देखाउन सक्ने भाबनाले वताईन् । घरमा ६० कटेका आमाबुवा र दाई भाउजु रहेका छन्, सबै परिवार कृषिमा आधारीत रहेका छन् । प्रशिक्षक योगेन्द्र थापा भन्छन्, साहासि निकै निडर का रुपमा भावना रहेको वताए । उनको प्रर्दशन पनि उत्कृष्ट रहेको छ, तर आर्थिक अबस्थामा निकै कमजोर रहेको र अर्को बाजुरा खेलकुदले बक्सिङ्ग सिकाउनका लागि कुनै सहयोग नगरेको बताँउछन् ।
बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट भन्छ्न, भाबनाले अझै सिक्ने अबसर पाएमा उनले राम्रो प्रर्दशन गर्न सक्ने बताँउछन् । उनकाले खेल देखेर निकै उत्साहित छु, नगरपालिकाले उनलाई सक्ने सहयोग गर्ने वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार