बिहिबार, असार १८, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

  • बुधबार, असार १७, २०८३
सेयर गर्नुहोस् :
यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान गर्न समस्या भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलहरूबाट प्राप्त रिपोर्टहरू अनुसार उडान सञ्चालन हुन नसक्नुको मुख्य कारण यात्रु संख्याकै अभाव देखिने गरेको बताएका हुन् ।

देशमा जम्मा ५५ वटा विमानस्थलहरू रहेकोमा ३४ वटा विमानस्थलहरू सञ्चालन योग्य अवस्थामा र २१ वटा विमानस्थल हाल बन्द अवस्थामा रहेको उनले बताए ।

मन्त्री पौडेलले कालीकोटको सुनथराली विमानस्थल लगायत अन्य पहाडी क्षेत्रका विमानस्थलमा नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा आवश्यक पर्ने प्राविधिक जनशक्ति , सञ्चार उपकरण लगायतका अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले नागरिक उड्डयन प्राधिकरणसँग प्राविधिक जनशक्ति र उपकरणको कुनै कमी नरहेको तर उडान नै नभएको ठाउँमा जनशक्ति राख्नुभन्दा हाल उडान भइरहेका अन्य विमानस्थलहरूमा परिचालन गरिएको स्पष्ट पारे ।

चर्चामा

सम्बन्धित समाचार