शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • ‘मेरो बुढीगंगा म बनाउँछु’अभियानको अवधारण पत्र सार्वजनिक

‘मेरो बुढीगंगा म बनाउँछु’अभियानको अवधारण पत्र सार्वजनिक

  • शुक्रबार, असार ६, २०७६
‘मेरो बुढीगंगा म बनाउँछु’अभियानको अवधारण पत्र सार्वजनिक

प्रेम रौले
बाजुरा ६ असार
जिल्लाको बुुढीगंगा नगरपालिकामा ‘मेरो बुढीगंगा म बनाउ“छु’ अभियानको बिहीबार औपचारिक रुपमा अवधारण पत्र सार्वजनिक गरिएको छ ।
नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि नगरका विकास र प्रत्यक्ष रुपमा जनतालाई लाभ हुने खालका योजनाहरु समेटिएको उक्त अवधारण पत्र जनप्रतिनिधी,कर्मचारी,राजनितिक दलहरुसंगको अन्र्तक्रिया कार्यक्रममा सार्वजनिक गरिएको उक्त कार्यक्रमका अभियान्ता मीन प्रसाद जैशीले बताए ।
अभियानको अवधारण पत्रमा नगरपालिकाका सम्भावना यो क्षेत्रका कृषि पर्यटन धार्मिक तथा पुरातात्विक वस्तुको अवस्थाका बारेमा उल्लेख गरिएको अभियान्ता जैशीले बताए ।
पत्रमा शिक्षा,स्वास्थ्य तथा पोषण,कृषि तथा पशुपालन,भौतिक पुर्वाधार यातायात सिचांई तथा खानेपानी उल्लेख गरिएका छन् । यसैगरी उक्त अवधारण पत्रमा उद्योग,वन तथा वातावरण,संस्कृति,पर्यटन,युवा सशक्तिकरण,आर्थिक वित्तिय तथाद सहकारी र अन्य क्षेत्रलाई पत्रमा समेटिएका छन् ।
नगरपालिका राजमार्ग सडकसंग जोडिएकाले यहा“का स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउन मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल खेती,सामुहिक खेतीको अवधारण ल्याइएको छ ।
धार्मिक संस्कृति तथा पर्यटकिय सम्भावना रहेको उक्त नगरपालिकाको बार्जुको दरबार,कु“डीकोट दरबारको स्तरोन्नती गर्दै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित अवधारण पत्रमा योजना बनाइएको छ ।
नगरक्षेत्रका स्थानीयहरुलाई नगरपालिकाको सेवा सहज रुपमा लिनका लागि नगरबस संचालन गर्न अवधारण पत्रमा उल्लेख छ । पत्रमा महिला र बालबालिकाको स्वास्थ्य सुधारका लागि सस्तो रुपमा गुणस्तरिय सेवा उपलव्ध गराई औषधीबाट दैनिक रुपमा बाहिरने पु“जीलाई जिल्ला भित्र उपयोग गरी गुणस्तरिय सेवाको प्रत्याभुति गराउने, गरिब तथा असहायलाई निःशुल्क रुपमा स्वास्थ्य उपचार गराउने लगायतका उद्देश्य पत्रमा उल्लेख छन् ।
नगरको युुवा जनशक्तिलाइृ अन्यत्र पठाउनुको सा“टो विभिन्न क्षेत्रमा युवालाई विकास निर्माणका काममा लगाई समृद्ध नगर बनाउने अभियानमा लैजानुपर्नैमा अवधारण पत्रमा जोड दिइएको छ ।
सो अवधारण पत्रमा कृषि तथा पशुपपालनमा कृषकलाई आत्मनिर्भर बनाउन घरखेती,सामुदायिक वनमा र अन्य जंगलमा मेलका बोटलाई नास्पाति बनाई नास्पातिबाट उल्लेख्य आम्दानी हुने देखिन्छ । उत्पादित वस्तुलाई प्रशोधित गर्दै बजारीकरण र निर्यातको अवधारण ल्याउन पर्नैमा पत्रमा जोड दिइएको अभियान्ता जैशीले जानकारी दिए ।
बिहीबार औपचारिक रुपमा सार्वजनिक गरिएको अवधारण पत्र अभियान्ता मीन प्रुाद जैशीले बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाहलाई हस्तान्तरण गरेको नगरप्रमुख दिपक शाहले बताएका छन् ।
अवधारणा पत्रको जानकारीपछि कार्यक्रममा सहभागीहरुले नगरपालिकामा रहेका सम्भावनाहरुको खोजी गरी तिनीहरुलाई कार्यान्वय गर्न आवश्यक रहेको सहभागीहरुले सुझाव दिएका छन् । उनीहरुले कृषिमा उत्पादनमुखी,युवालाई सिप विकास केन्द्र स्थापना,कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण र निर्यातको योजना,बस्ती विकास तथा समानीकरणको योजना ल्याउन सुझाव दिएका हुन् ।
नगर प्रमुख दीपक विक्रम शाहले नगरको विकासका लागि नगरपालिका एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । उनले ‘मेरो बुढीगंगा म बनाउ“छु’ अभियानको अवधारण पत्र नगरका लागि सकारत्मक पक्ष भएकाले यसलाई नगरपालिकाको सभाबाट सकेजतिका योजना समेट्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
नगरपालिकाले केही गरेन भन्दा पनि नगरपालिकालाई रचानात्कम र सकारत्मक सहयोग आवश्यक रहेको नगर प्रमुख शाहको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार