• होमपेज
  • समाज
  • कामदारलाई डिपोजिट गर्न पठाएको १६ लाख लुटियो भन्दै आफ्नै कोठामा लुकाएपछि …

कामदारलाई डिपोजिट गर्न पठाएको १६ लाख लुटियो भन्दै आफ्नै कोठामा लुकाएपछि …

  • मङ्लबार, भदौ ३, २०७६
कामदारलाई डिपोजिट गर्न पठाएको १६ लाख लुटियो भन्दै आफ्नै कोठामा लुकाएपछि …

काठमाडौँ : काठमाडौँको न्युरोडबाट रकम लुटिएको नाटक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । न्युरोडमा व्यवसाय गर्दै आएका दीपक गोयलले बैैङ्कमा जम्मा गर्न पठाएको पैसा आफ्नै कोठामा लुकाएर लुटिएको नाटक गर्दै प्रहरीलाई खबर गर्ने भारतीय नागरिक मनिष कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बैंकमा डिपोजिट गर्न जाने क्रममा १६ लाख लुटिएको भन्दै प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले मनिषकै कोठाबाट उक्त रकम बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र वोगटीले जानकरी दिए । उनका अनुसार पक्राउ परेका साहमाथि थप अनुसन्धान अघि बढाइएको छ।

चर्चामा

सम्बन्धित समाचार