बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गौमुल
  • १२ घण्टाको पैदल यात्रा पछि भेटिन्छ अन्द्राडी गाँउ

१२ घण्टाको पैदल यात्रा पछि भेटिन्छ अन्द्राडी गाँउ

  • बुधबार, असार ११, २०७६
१२ घण्टाको पैदल यात्रा पछि भेटिन्छ अन्द्राडी गाँउ

राजेन्द्र बहादुर रोकाया

गाैमूल  ११ असार ।  जिल्लाको गौमुल गाउपालिकाको १ नमब्र वडा अन्द्राडी जिल्ला सदरमुकाम मार्तडी बाट हिडेको १२ घण्टामा पछि मात्र गाउँ देखीन्छ । उक्त गाउँमा नयाँ मान्छेले जान निकै सकस र संघर्ष गर्नु पर्ने देखिन्छ । दुख संगै सुख जोडियको छ भने जस्तै हिड्न जति सास्ती र दुख छ त्यती नै त्यहाँको बातवरण पनि रमाईलो रहेको छ ।

बाटोमा जाँदै गर्दा अनेकौं किसिमका बसन्तको समयमा निकै बास्ना छरीएर फुल फुलिरहेका हुन्छन् । त्यही फुलको साथमा यात्रा गर्दै जाँदा छुट्टै आनन्द आउछ । हिउदे सिजनमा समेत त्यहाँको बातावरण खासै नरमाईलो देखीदैन किनकी त्यहाँ नजिकै रहेका सेताम्बे हिउ भरीएका हिमालहरु बिहान उठ्ने बितिकै आफ्नो आँखा अघाडी झल्कने गर्दछन् । हिमालको फेदिमै रहेको अन्द्राडी गाउ साँच्चिकै मनमोहक दृश्यले भरीपूर्ण गाउँ मान्न सकिन्छ । त्यहाँको वन जंगल सदाबाहार हरीयालि नै रहेको देख्न पाईन्छ । गौमुल गाउपालिकाको सबैभन्दा बढी उचाईमा रहेको उक्त गाउँ सम्पूर्ण चिजले भरीपूर्ण जस्तै गाउँ रहेको छ ।

साँच्चिकै राज्यको आँखा त्यौ क्षेत्र वा गाउँमा पुगे जिल्ला बासिलाई आलु र स्याउ समेत बाहिर बाट ल्याउने समस्या हट्ने त्यहाँका स्थानियहरुको बुझाई रहेको छ । अहिले स्थानिय सरकार आईसके पछि गौमुल गाउपालिका भएको छ । गाउपालिकाले अन्द्राडीलाई स्याउ उत्पादन हुने क्षेत्रका रुमा लिएको छ र परिक्षण गरेर राम्रो स्याउ समेत अन्द्राडीमा फलेको छ । त्यसैमा गौमुल गाउपालिकामा सबै भन्दा बढी आलु उत्पादन हुने क्षेत्र भनेको नै अन्द्राडी त्यस गाउमा फलाएका आलु अरु क्षेत्रका आलुको तुलनामा भिन्न हुन्छन र धेरै आलु उत्पादन हुने क्षेत्र र हाकापानि हो । हावा पनि उचित मात्रामा भएकोले त्यहाँका स्थानियले जे फलाउन चाहे त्यही फलिरहेकोमा कृर्षक हरुले खुसी ब्यक्त गरेका छन् । त्यस्तै गाउपालिकाको सबैभन्दा बढी भेडापालन गर्ने क्षेत्र समेत १ नमब्र वडा अन्द्राडीलाई नै हेर्ने गरीन्छ । त्यहाँका स्थानियहरुको आर्थिक स्रोत भनेको नै भेडा पालन लाई लिइदै आएका छन् । भेडा पालक किसानहरुले बाषर््िक रुपमा प्रति घर परियार २ देखी ३ लाख सम्मका भेडा बिक्रि गरी घर खर्च धान्न सजिलो भएको कृर्षक शिब रोकायाले बताएका छन् ।

बेडा पालन बाट नै बर्षनि राम्रो आम्दानी हुदै आएको र छोरा छोरी स्कुल पढाउन देखी घर परियार सबैलाई खान लाउन पुगीरहेको रोकायाले बताउनुभएको छ । भेडा पालन फस्टाए जस्तै आफ्नो गाउमा रोेडको ब्यबस्था भए आलु खेती र स्याउ खेती समेत फस्टाउदै जाने त्यहाँका स्थानीयहरुले बताएका छन् । आलुको पोकेट क्षेत्र मानिदै आय पनि गाउमा सडकको समस्या भएकाले बर्षनि आलु खेर गईरहेको बताउनुभएको छ । बाटोमा जाँदै गर्द मल्दुगन र अन्द्राडीको बिच बाटोमै रहेको इन्द्रेणी झर्ना समेत त्यत्तिकै मन लोभ्याउने झर्ना रहेको छ । त्यहाँका प्रर्यटकीय क्षेत्र समेत त्यत्तिकै अस्त ब्स्त अबस्थामा रहेका देखीन्छन् । त्यहाँका प्रर्यटकीय क्षेत्र अस्त ब्यस्त हुनु अहिलेका युबाहरुले चाँसो नदिएको बुढापाकाहरुको बुझाई रहेको छ । आफ्नो रितिरीवाज चाल चलन र भाषा संस्कृर्तिलाई बिर्षदै गए पछिल्लो पुस्ता सम्म हराउदै जाने र कसैले देख्न नपाउने बुढापाकाले बताएका छन् ।

त्यहाँको गाउँ बिकासले पछाडी परेपनि बसोवास गर्न मान्छेको सोच भने बिकसित भएको देख्न पाईन्छ । सुदूरपश्मि प्रदेश नै यतिखेरको समयमा आउदा सम्म छाउपडि प्रथाको अबस्था कायमै रहेको देख्न पाईन्छ । तर त्यहाँको गाउामा जाँदा भने छुट्टै छाउगोठ देख्न पाइदैन र हन पनि हुदैन । जति त्यहाँका स्थानियहरुको सोचमा परिबर्तन आएको छ त्यसरी नै त्यहाँको बिकास भएको थियो भने त्यहाँका स्थानियहरुले निकै आम्दानी गर्ने देखिन्छन् । त्यहाँका बासिन्दाहरुलाई संचारको पनि त्यत्तिकै असुबिधा रहेको छ । कुनै कामको लागि फोन गर्नु परेमा २ घण्टा हिडेर अग्लो डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार