शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पर्यटन
  • बडिमालिकाको संरक्षण नेपाली सेना र पुरात्वबिभागले गर्दै

बडिमालिकाको संरक्षण नेपाली सेना र पुरात्वबिभागले गर्दै

  • बिहिबार, जेष्ठ ३०, २०७६
बडिमालिकाको संरक्षण नेपाली सेना र पुरात्वबिभागले गर्दै

प्रकाश सिह
बाजुरा, ३० जेठ
धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको संरक्षण नेपाली सेना र पुरात्वबिभागले गर्ने भएको छ । देशकै चर्चीत धार्मिक तथा पर्यटकिय महत्व बोकेको बडिमालिका ४ हजार मिटर भन्दा उचाईमा रहेको छ । नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।


नेपाल सरकार पुरात्वबिभाग र नेपाली सेनाले बहुबर्षिय योजना अन्तर्गत बडिमालिका क्षेत्रको संरक्षण सँगै मन्दिर लगायत पर्यटक बस्ने स्थल, खानेपानीको ब्यबस्था गर्ने पुरात्वबिभागका प्रमुख दामोदर गौतमले वताएको छ । के बनाउने कसरी बनाउने सबै योजना बनि सकेको अब चाडै काम हुने गौतमले वताए । बडिमालिकाको संरक्षणमा राज्यको नै लागेको उनले वताए ।
बिहिवार नेपाली सेना, पुरात्वबिभाग र प्राबिधिक सहितको टोलि हेल्किेप्टर मार्फत बडिमालिका पुगेर स्थलत अध्ययन गरेको छ । पहिलो चरणमा ३ करोड भन्दा बढि लगानीमा मन्दिर, सतल पाटि, खानेपानि लगायत अन्य ब्यबस्थापन गर्ने रहेपनि त्यो रकम नपुग्ने स्थलगत अध्यन गर्दा बढि लाग्ने बिभागले जनाएको छ । नेपाली सेना सँग समन्वय भइरहेको सबै काम सेनाले नै गर्ने भएको जनाईएको छ ।
बडिमालिका निकै उचाईमा भएकाले बैशाख देखी भदौ महिना सम्म मात्र काम गर्न सकिने समरजित गुल्म बाजुराका गुल्मपति प्रल्हाद घलले वताए । धेरै उचाई भएकाले सामान ढुवानी, ब्यबस्थापन गर्न अलि समस्या हुने र हिउँदमा हिउँ पर्ने भएकाले बर्षातको केही महिना मात्र काम गर्न सकिने घलले वताए । पुरानो मन्दिरलाई खालि ब्यबस्थापन गर्ने, अरु नयाँ पुरानो संरचनाका मन्दिर निर्माण हुने भएका छन् ।
बडिमालिका जाने ब्यबस्थापन नहुँदा अन्य समय खासै पर्यटक जाने गरेका छैनन् । जेठमा पर्ने गंगा दशराका दिनमा सरकारी पुजा हुने गरेको छ । त्यो दिन हेल्किप्टर मार्फत गएर पुजा गर्ने गरेका छन् । मेला भने जनैपुर्णिमाको दिनमा लाग्ने गरेको छ । जनैपुर्णिमाको दिनमा स्वदेश र भारत बाट दर्शनाथि आउने गरेका छन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।


बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले भने सेनाले बडिमालिकाको संरक्षण आफै गर्नु खुशीको कुरा रहेको वताए । यसले बडिमालिकाको पर्यटन प्रबद्र्धनमा निकै सघाउ पुग्ने गरेको उनले वताए । त्यो सँगै बडिमालिका जाने बाटो सड्कको ब्यबस्थापन गर्न पनि राज्य लाग्नु पर्ने वताए ।
बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनाथि मेला भर्न आउने गरेको कैलाशमाण्डौका दिर्घराज जोशिले बताएका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिबेणिमा बास बस्ने प्रचलन रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बडिमालिकाका पुजारी भानुभक्त पाध्याले बताएका छन् ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वातावरण्ीाय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् । बडिमालिकाको क्षेत्र पुर्वमा जगन्नाथ, गोत्री, गाबिस र कालिकोट जिल्लाका केही गाविसका केही भाग पश्चिममा कैलाशमाण्डौ, बुढीगंगा, उत्तरमा पाण्डुसैन, मार्तडी र दक्षिणमा कालिकोटको केही भाग अछामको ऋषिदह छतारा चारकिल्ला भित्र पर्ने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार