• होमपेज
  • समाचार
  • सुगौली सन्धिपछिको जमिन फिर्ता गर्न भन्दै भारतविरुद्ध जेनेभामा ग्रेटर नेपालको प्रदर्शन !

सुगौली सन्धिपछिको जमिन फिर्ता गर्न भन्दै भारतविरुद्ध जेनेभामा ग्रेटर नेपालको प्रदर्शन !

  • सोमवार, बैशाख २, २०७६
सुगौली सन्धिपछिको जमिन फिर्ता गर्न भन्दै भारतविरुद्ध जेनेभामा ग्रेटर नेपालको प्रदर्शन !

सुगौली सन्धिपछिको जमिन फिर्ता गर्न भन्दै भारतविरुद्ध जेनेभामा ग्रेटर नेपालको प्रदर्शन दवावकाे लागि सबैले शेयर गराै‌

लामो समय देखि सुगौली सन्धिपछिको नेपाल फिर्ता माग्दैं आउँनु भएका ग्रेटर नेपालका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अध्यक्ष फणीन्द्र नेपाल अहिले जेनेभामा हुनुहुन्छ । विगत २०३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन पहिले बेलायत र त्यसपछि भारतको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुर्दान्त पीडाको आवाजको सुनुवाइ गर्न अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अन्तराष्ट्रिय रुपमा विरोध जनाएको छ । लामो प्रयासपछि ग्रेटर नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् अगाडि उभिन सफल भएको नेपालको दावी रहेको छ।

नेपाली समयअनुसार हिजो साँझ ४:३० बजेतिर जेनेभास्थित राष्ट्र संघ अगाडिको ‘ब्रोकन चेयर’ मा अभियान्ता नेपाल सहित अन्य सर्मथकहरुले ग्रेटर नेपालको नक्सा प्रदर्शन गर्न सफल भएका छन् । नेपालीहरूको लामो प्रतीक्षाको घडी पार गर्ने ऐतिहासिक अवसर मिलेको नेपालले प्रतिकृया दिनुभयो । ब्रोकन चेयरमा गत बिहीबार गर्ने भनिएको प्रदर्शन उक्त दिन जेनेभामा दिनभरि नै पानी परेका कारण गर्न नसकिएको भन्दैं मौसममा सुधार भएपछि हिजो शनिबार सफलतापूर्वक सम्पन्न गरिएको हो ।

नेपालले भन्नु भएको छ। मैंले हिजो सबभन्दा पहिले संयुक्त राष्ट्रसंघको प्राङ्गणमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झन्डासँगै राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तिर ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै त्यसपछि संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँका रूपमा बहुचर्चित ब्रोकन चेयरमा उभिएर ग्रेटर नेपालको नक्सा देखाउन पाएको थिएँ ।

त्यसपछि त्यहाँ अन्य नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमिनमा भारतीय उपनिवेशको विरोध गरेका थिए । जेनेभा पुगेर ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेको घटनाले ग्रेटर नेपालको आन्दोलन अर्को मोडमा पुगेकोमा आफुलाई खुसी लागेको भन्दैं आफ्नो उत्तरदायित्व पनि बढेको अनुभूति गरेको नेपालले भन्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार