शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • बाजुरा सहित ७ जिल्लाका सीडियो परिवर्तन, नाम सहित

बाजुरा सहित ७ जिल्लाका सीडियो परिवर्तन, नाम सहित

  • सोमवार, चैत्र २५, २०७५
बाजुरा सहित ७ जिल्लाका सीडियो परिवर्तन, नाम सहित

काठमाडाैं-गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । गृह मन्त्रालयका अनुसार सुदुरपश्चिम प्रदेशको बाजुरामा गंगा प्रसाद न्यौपाने, सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

मन्त्रालयले संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ । त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ । सोमबारको मन्त्रिस्तरीय निर्णय अनुसार २३ जना उप–सचिवको सरुवा भएको मन्त्रालयले जनाएको छ ।टिस्ट सहित हेर्नुहोस् ।

चर्चामा

सम्बन्धित समाचार