मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • बार एशोसिएशनमा वामपन्थीको बर्चश्व, अध्यक्षमा श्रेष्ठको अग्रता थप फराकिलो (मत परिणामसहित)

बार एशोसिएशनमा वामपन्थीको बर्चश्व, अध्यक्षमा श्रेष्ठको अग्रता थप फराकिलो (मत परिणामसहित)

  • बिहिबार, चैत्र २१, २०७५
बार एशोसिएशनमा वामपन्थीको बर्चश्व, अध्यक्षमा श्रेष्ठको अग्रता थप फराकिलो (मत परिणामसहित)

 काठमाडौँ – कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहको अग्रता देखिएको छ। काठमाडाैँ जिल्ला अदालत बार र पाटन उच्च अदाल बारको मतगणना बाँकी छँदा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेल प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ भन्दा ७० मतले पछि परेका छन ।

पछिल्लो परिणाम अनुसार श्रेष्ठले २४४५ मत प्राप्त गरेका छन भने पोखरेलले २३७५ मत प्राप्त गरेका छन । त्यस्तै महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाइ १४० मतले पछि पारेका छन । पाैडेलले २४५४ मत प्राप्त गर्दा थापाले २३१४ मत प्राप्त गरेका छन । बाँकी पदहरूमा भने प्रगितिशल समूहका उम्मेदवारले अग्रता लिएका छन ।

२५औँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

पछिल्लो पतपरिणाम यस्तो छ

चर्चामा

सम्बन्धित समाचार