शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • भ्रष्टाचारी भागाभाग हुनेगरी एक्सन चाल्छु, देशको मुहार फेर्छु : प्रधानमन्त्री ओली

भ्रष्टाचारी भागाभाग हुनेगरी एक्सन चाल्छु, देशको मुहार फेर्छु : प्रधानमन्त्री ओली

  • आइतवार, चैत्र १७, २०७५
भ्रष्टाचारी भागाभाग हुनेगरी एक्सन चाल्छु, देशको मुहार फेर्छु : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्ट्राचारी जो सुकै भएपनि कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अहिलेको सरकारले अब वास्तवमै भ्रष्ट्राचार न्यूनिकरणको रणनीति लिएको बताएका हुन् ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं यसले वास्तवमै भ्रष्ट्राचार रोक्नेछ । अब सरकारले देखावटीमा होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं सबै ढुक्क भएहुन्छ प्रधानमन्त्री ओलीले भने ।’

यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएकाले नेपालमा भ्रष्ट्राचार निक्कै ठूलो समस्या भएकाले अब त्यस्ता निकाय र पदमा आसिनहरुलाईपनि छोड्ने छैनौँ । पहिलेको जस्तो चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै उनले सरकारले भ्रष्टाचारको अन्त्य गर्न एक्सन लिन थालिसकेको बताए ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताए । बरु अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्तिको कठिन र उपलधीपूर्ण, उदाहरणीय र अनुकरणीय यात्रा पार गरेको गरेको बताए । डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभइ उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानि भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरे ।

‘हामीसँग सबै छ । लगानी गर्नुस्, मिलेर विकास गरौं भनेको छु उनले थपे, ‘विश्व हाम्रो कुरामा सहमत छ ।’ अब विश्वले नेपालमा लगानी गर्नेछ । नेपालको अनुहार चाँडै मात्र हैन मेरै कार्यकालमा फेर्छु ढुक्क हुनुहोस् । प्रधानमन्त्री ओलीको दावी थियो ।

चर्चामा

सम्बन्धित समाचार