शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • विप्लवको घरमा प्रहरीले डोजर चलायो

विप्लवको घरमा प्रहरीले डोजर चलायो

  • शुक्रबार, चैत्र १५, २०७५
विप्लवको घरमा प्रहरीले डोजर चलायो

रुपेन्देहीस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । बुटवलको पाल्पारोडस्थित  ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो । उक्त दुईतर्ले  रातो घर’ अहिले प्रहरीले भत्काइरहेको छ ।

सुरुमा तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको सो भवनलाई   केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले अहिले सो भवन भत्काउँदै गरिएको रातोपाटीलाई बताए । उनले शुक्रबार साँझसम्म सम्पूर्ण भवन भत्काइसक्ने जानकारी दिए  । भवन भत्काउनका लागि विभिन्न ठाउँबाट डोजरहरु झिकाइएको समेत उनले बताए । हाम्राे इकिनाेमी बाट

चर्चामा

सम्बन्धित समाचार