बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सवारी दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापालको मुत्यु

सवारी दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापालको मुत्यु

  • मङ्लबार, चैत्र १२, २०७५
सवारी दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापालको मुत्यु

सवारी दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापालको मुत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका बल्मीमा मिनि ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार जिल्ला समन्वय समिति कैलालीका लेखापाल ५० बर्षीय तेजवहादुर रावलको मुत्यु भएको हो।

उनीसंगै डडेल्धुराको नवदुर्गा गाउंपालिकाका ५५ वर्षीय वीरबहादूर रावलको पनि मृत्यु भएको छ। जिल्ला समन्वय समितिमा कार्यरत रावलकी श्रीमतीको पनि केहि दिन अगाडी मात्रै मृत्यु भएको थियो। डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्वर ४ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रावल बस्दै आएका थिए।

अत्तरीयावाट पुर्व तर्फ गईरहेको भे १ ख १४१४ नम्बरको मिनिट्रकले पुर्वबाट पश्चिम तर्फ आईरहेको रावल सवार से ४ प ९४२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। मृतक रावलको शव पोष्टमार्टमका लागि सेती अस्पताल राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार