बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • गजल संग्रहको समीक्षा

गजल संग्रहको समीक्षा

  • शनिबार, चैत्र ९, २०७५
गजल संग्रहको समीक्षा

सुदूर साहित्य प्रतिष्ठानको साधारण सभाको अवसरमा महिला गजलकार रिता शाही ऋतुको गजल संग्रह तितामिठा पलहरुको समीक्षा गरिएको छ । जीवनका भोगाई, आदर्श जीवन, प्रेमीला वार्तालापलाई समेटेर तयार पारिएको गजल संग्रहको जिल्लामा उपलब्ध सर्जकहरुले समीक्षा गरेका हुन् ।
काठमाडौंमा विमोचन गरिएको गीतको समीक्षा आफ्नै जन्मभूमिमा गर्न पाउँदा खुसी लागेको शाहीको भनाई छ । ५५ वटा गजल समावेश गरिएको संग्रहमा नारी वादी गजल, देश विकास र प्रेमीला क्षणहरुलाई समेटिएको छ । शाही बाजुराको हकमा कृति नै प्रकाशित गर्ने पहिलो महिला हुन् । शाहीका गजलको समीक्षा मालिका नमुना माविका प्रार्चाय एवं साहित्यकार शुभराज पाध्या, बाजुरा क्याम्पसका उपप्रध्यापक रुपक रौलेले गरेका हुन् ।

कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा पदम कठायतले स्वागत मन्तव्य राखेका हुन् । सुदूर साहित्य प्रतिष्ठानको साधारण सभासँगै तितामिठा पल गजल संग्रहको समीक्षा तथा अनौठो परीक्षा नामक म्यूजिक भिडियोको विमोचन एकै समारोहमा गरिएको हो । तदर्श समिति अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश मन्त्री प्रकाश शाह रहेका थिए भने जिल्ला समन्वय समिति उपप्रमुख सुनिता सुनार, देउडा गायत एवं कानुन व्यवसायी पुरबहादुर रावत लगायतले शुभकामना मन्तव्य राखेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार