शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा सवारी दुर्घटनामा परि एकको मृत्यु

कैलालीमा सवारी दुर्घटनामा परि एकको मृत्यु

  • आइतवार, चैत्र ३, २०७५
कैलालीमा सवारी दुर्घटनामा परि एकको मृत्यु

धनगढी ३ चैत्र

कैलालीको अत्तरियामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। अत्तरिया स्थित महेन्द्रनगररोड गोदावरी पुल नजिकै शनिवार राती सवारी दुर्घटनामा एकको मृत्यु भएको हो। अत्तरियाबाट महेन्द्रनगर तिर जादै गरेको से १ च २०९४ नम्बरको स्कारपियोले ठक्कर दिदा गोदावरी नगरपालीका ३ मालीकाटोल बस्ने २७ बर्षिय अनुप साउदको मृत्यु भएको हो।

दुर्घटनामा घाईते भएका साउदलाई उपचारकालागी पद्यमा अस्पतालमा लगिएको र त्यहा उपचार सम्भव नभएपछी रेफर गरी भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सवारी र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार