बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • विप्लव नेतृत्व नेकपाका पोलिटब्युरो सदस्य ललितपुरबाट पक्राउ

विप्लव नेतृत्व नेकपाका पोलिटब्युरो सदस्य ललितपुरबाट पक्राउ

  • शनिबार, चैत्र २, २०७५
विप्लव नेतृत्व नेकपाका पोलिटब्युरो सदस्य ललितपुरबाट पक्राउ

काठमाडाै, २ चैत

विप्लव नेतृत्वको नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका छन्।

शुक्रबार साँझ ललितपुरको बालकुमारीस्थित कोठाबाट उनलाई पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ।

अर्ध भूमिगत रूपमा रहेका उनी शुक्रबार आफ्ना छोरा/छोरीको डेरामा सात बजे पुगेका थिए।

‘बुवा आउनसाथ सादा पोशाकमा रहेका प्रहरीले ढोका खोल्न आग्रह गरे। उनीहरूले सोधपुछ गर्नुछ भन्दै लगे,’उनको पारिवारिक स्रोतले भन्यो, ‘बुवा औषधि लिन आउनुभएको थियो । तर उनीहरूले पक्राउ पूर्जी नदिएकनै उहाँलाई लगे ।’

तीन जना हतियारसहित र दुई जना सादा पोशाकका प्रहरी आएको पारिवारिक स्रोतले बतायो ।

प्रहरीले लैजाने बेलामा मोहनले ‘म गृहमन्त्री रामबहादुर थापासँग कुरा गर्न चाहन्छु’ भनेका थिए। कार्कीलाई किड्नीको समस्या रहेको उनको परिवारले बताएको छ।

पारिवारिक स्रोतको भनाइलाई प्रहरीले भने अस्वीकार गरेको छ।

चर्चामा

सम्बन्धित समाचार