शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बिजुलीको पोल नहटाएर ढलान, सड्क निर्माण कार्य अस्तब्यस्त

बिजुलीको पोल नहटाएर ढलान, सड्क निर्माण कार्य अस्तब्यस्त

  • शनिबार, चैत्र २, २०७५
बिजुलीको पोल नहटाएर ढलान, सड्क निर्माण कार्य अस्तब्यस्त

बडिमालिका समचार
चैत, २ मार्तडी
सदरमुकाम मार्तडी निर्माण हुन लागेको सड्क निर्माण कार्य अस्तब्यस्त बनेको छ । अर्कोतिर बिच सड्कमा रहेका बिजुलीका पोल नै नहटाएर त्यसैमा ढलान हाल्ने काम भएको छ । पटक पटक पोल हटाउन नगरपालिकालाई आग्रह गर्दा वास्ता नगर्दा पोल नहटाएर ढलान गरेको सड्क निर्माण कार्यका ठेकेदार बिजय पण्डितले वताएका छन् ।
बिच बजारमा रहेको ३ सय ५४ मिटर सडक निर्माण कार्य भइरहेको छ । सड्कको बिच बजारमा हटाउनु पर्ने घर, बिजुलीको पोल नहटाउँदा बिच बजारमा सड्क निर्माणमा अस्तब्यस्त बनेको छ । ठेकेदार बिजय पण्डितका अनुसार बिजुलीका पोल नहटनु, अर्जुन थापा, काल्चे दमाई, मिना थापा र शंकर बोहोराले जग्गा नदिदा निर्माण काम नै अस्तब्यस्त बनेको उनले वताए ।
बिजुलीका पोल नहटाएर सडक ढलान गर्नु सरासर गलत भएको एक ईन्जिनियरले वताएका छन् । पोलको ब्यबस्थापन गर्नका लागि नगरपालिकाले त्रिबेणी सहकारीलाई ५ लाख दिएको बुझिन आएको छ । यो बारेमा सुचना माग्न खोज्दा नगरपालिका ईन्जिनियर महेन्द्र बिष्टले यो बारेमा त्रिबेणीलाई सोध्नु उ नै हो सम्बन्धि निकाय हो भन्दै फोन काटेका छन्, पटक पटक फोन गर्दा पनि उनले ब्यवास्ता गरेका छन् । सहकारीका प्रमुख दयाराम पण्डित भने नगरपालिकाले जग्गा ब्यबस्थापन गर्न नसक्दा काम नभएको बताउछँन् । नगरपालिकाले पोल ब्यबस्थापन गर्नका लागि छुट्याएको रकमको पनि कसलाई कसरी जिम्मा दिएको हो कुनै अत्तोपत्तो नभएको एक कार्यपालिका सदस्यले वताएको छ । नगरपालिकाका उपप्रमुख कबिता बिष्टले भनिन्, अलि ब्यबस्थापन गर्न समस्या भएको वताएका छन्, यो बारे नगरप्रमुखलाई सोध्नु पर्ने वताईन् ।
गएको जेठमा सम्झौता भएको ठेका पौष मसान्त सम्म काम सक्नु पर्ने हो, नगरपालिकाले ठाँउको ब्यबस्थापन गर्न नसक्दा समयमै नसकेको ठेकेदारले वताएको छ । असार २० सम्म सक्ने गरी ठेक्का थप भएको छ । बडीमालिका नगरपालिकाले निर्माण गर्न थालेको डिभिजन वन कार्यालय देखि जिल्ला स्वास्थ्य कार्याय सम्म १ सय ७० मिटर सडक र गौडाडिल देखि खुलामञ्च सम्मको १ सय ८४ मिटर रहेको छ ।
सडक निर्माण कार्य भएको महिना वितिसक्दा पनि निर्माणको जिम्मा लिएका दुई कम्पनीले समयमै सडक निर्माण नगर्दा उक्त क्षेत्र जाने बाटो हिलैहिलो भएको छ । हिलोका कारण बजारमा आवतजावत गर्ने विद्यार्थी, बृद्धबृद्धा, अपाङ्ग भएका व्यक्तिले निकै सास्ती भोग्दै आएको बताइएको छ । सडक निर्माण कार्य अधुरै छोडेर ठेकेदारले काम नगर्दा सडक आसपासका पसल र होटलल ब्यबसाहिले समेत हैरानी खेप्दै आएका छन् ।
सड्क नबन्दा जिल्ला प्रशासन कार्यलय बाजुरा र जिल्ला स्वास्थ्य कार्यलय बाजुराको भवन निर्माणमा समेत प्रभाबित बनेको छ । पटक पटक बाटो बनाउनका लागि पहल गरीरहेका छौ, त्यो कामले हाम्रो निर्माणको काममा असर परेको जिल्ला प्रशासन निर्माण गर्ने ठेकेदारले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार