बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बिप्लप माओवादीको गाँउमा चन्दा आतंक

बिप्लप माओवादीको गाँउमा चन्दा आतंक

  • शुक्रबार, चैत्र १, २०७५
बिप्लप माओवादीको गाँउमा चन्दा आतंक

बडिमालिका समचार
बाजुरा, १ चैत
बिष्लप माओवादीले गाँउमा चन्दा संकलन तिब्र पारेका छन् । उनिहरुले कर्मचारी ब्यापारी र जनप्रतिनिधिलाई अनिवार्य चन्दा माग्ने गरेको पाईएको छ । सरकारले बिप्लप माओवादीलाई प्रतिबन्द गरे सँगै उनिहरुले चन्दा आतंक तिब्र पार्दै आएको स्थानियले वताएका छन् ।
बिद्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, ब्यापारिलाई चन्दा माग्न शुरु गरेका हुन् । बुढिगंगा नगरपालिका १० अध्यक्ष धर्मराज जैशीले भने आफुलाई एक महिनाको तलब मागेको बताएका छन् । एक महिना तलब २२ हजार नै सहयोग गर्नु परयो, भनेका छन्, दिएको छैन्, केही दिनमा फेरी आउने भनेर गएको वताएका छन् । अरु जनप्रतिनिधिलाई पनि माग्ने गरेको उनले वताए ।
गाँउका प्रत्येक बिद्यालयमा गएर सरहरु बाट पैशा संकलन गर्ने गरेका छन् । बाह्रबिसमा रहेको सिगाडा माबिमा पटक पटक आएपछि सबै सरहरु बाट ८ हजार दिएको बिद्यालयले जनाएको छ । मागेर हैरान पारिसके बाध्यता भएर पनि दिनै परयो बिद्यालयका एक शिक्षकले वताएका छन् । त्रिबेणी नगरपालिकामा रहेको एक स्वास्थ्य संस्था बाट ५ हजार दिएको स्वास्थ्यकर्मीले वताएका छन् । सरकारले प्रतिबन्द गरेपछि बिप्लप माओवादी अहिले गाँउ केन्द्रित भएका छन् ।
नाम नभन्ने सर्तमा एक ब्यापारिले भने अनिवार्य चन्दा तोकेका छन्, नदिदा सम्म मान्दैनन्, अनि बाध्य भएर दिनु परेको वताए । पुरानै द्धन्दका झै उनिहरु पैशा माग्ने गरेको उनले वताए । बिप्लप माओवादीले चन्दा आतंक बढाउदै गएपछि स्थानिय तहका कर्मचारी त्रसित भएका छन् । योजना, ठेक्का र कर्मचारी बाट अनिवार्य जस्तै गरेको एक कर्मचारीले वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिं भाटले भने चन्दा संकलन गरेको कुनै आधिकारी नआएको वताए ।
बिप्लप माओवादी बाजुराका सेक्रेटरी भरत थापाले भने कसैलाई कर नगरेको सहयोग मागेको वताएका छन् । तर भष्ट्रचारीलाई भने चन्दा नै माग्ने गरेको उनले वताए । बाजुराका ७ वटा एरीया बिभाजन गरेर संगठन बिस्तार संगठनका काम भइरहेको उनले वताएका छन् । २१ जनाको जिल्ला कमिटि रहेको छ उनिहरुले वताएका छन् । बाजुरामा माओवादीका ५ सय ३७ पुर्व लडाकु मध्ये १ सय ४७ जना बिप्लप सँग रहेको उनिहरुको दाबि रहेको छ । बटालियन कमाउन्डर सम्म आफ्नो पाटीमा रहेको उनिहरुले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार