बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • भर्खरै आयो ओली सरकारविरुद्ध नारायणकाजी श्रेष्ठको ट्विट, नेकपाभित्र खैलाबैला

भर्खरै आयो ओली सरकारविरुद्ध नारायणकाजी श्रेष्ठको ट्विट, नेकपाभित्र खैलाबैला

  • सोमवार, फाल्गुन २७, २०७५
भर्खरै आयो ओली सरकारविरुद्ध नारायणकाजी श्रेष्ठको ट्विट, नेकपाभित्र खैलाबैला

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तुरुन्त कदम चाल्नुपर्छ भनी माग गरेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गतिविधिले देशभर आशंका बढाएका बेला श्रेष्ठको ट्विटर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले ओली सरकारलाई खबरदारी गरेका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो ।’

ट्वीटमा उनले ‘गम्भीर बनौं’ भनी सचेत समेत गराएका छन् । गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने आइतबार सीके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए । सिके राउतसँग सम्झौता गरेपछि ओली सरकारले विखण्डनकारीलाई संरक्षण गरेजस्तो देखिएको छ । श्रेष्ठले त्यसको विरोध गरेका छन् ।

स्मरणीय रहोस्, सो सहमतिको सन्दर्भमा आयोजित कार्यक्रममा पनि नारायणकाजी लगायत सत्तारुढ नेकपाकै थुप्रै शीर्षस्थ नेता सहभागी थिएनन्, जसलाई उनीहरुले त्यो समारोहको वहिष्कार गरेका हुन् भनी अर्थ लगाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार