बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • इथोपियन विमान दुर्घटनामा नेपाली युवती एकता अधिकारीको मृत्यु

इथोपियन विमान दुर्घटनामा नेपाली युवती एकता अधिकारीको मृत्यु

  • सोमवार, फाल्गुन २७, २०७५
इथोपियन विमान दुर्घटनामा नेपाली युवती एकता अधिकारीको मृत्यु

काठमाडाै, २७

इथोपियन दुर्घटनाग्रस्त एयरलाइन्समा ज्यान गुमाउने नेपालीको पहिचान भएको छ ।

मुत्यु हुने नेपालीको नाम एकता अधिकारी रहेको छ । उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन् ।

एकता आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै थिइन् ।

डब्लूएफपीका कार्यकारी निर्देशक डेबिड बेस्लीले विमान दुर्घटनामा डब्लूएफपीका कर्मचारी पनि परेको पुष्टि गरेका छन्।

एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् ।

पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा का गरेकी थिइन् ।

गोरखाकी एकताले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् ।

दुर्घटनागस्त इथोपियन एयरलाइन्स बोइङ ७३७ मा एक नेपालीसहित चालकदलका आठसहित ३० देशका एकसय ५७ जनाको मृत्यु भएको थियो ।

साभार हिमाल खबर बाट

 

चर्चामा

सम्बन्धित समाचार