शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • मुक्त हलियालाई पुर्नस्थापनाकाे रकम लिन सकस

मुक्त हलियालाई पुर्नस्थापनाकाे रकम लिन सकस

  • शनिबार, फाल्गुन १८, २०७५
मुक्त हलियालाई पुर्नस्थापनाकाे रकम लिन सकस

प्रेम रौले
फागुन, १८ बाजुरा
मुक्त हलिया समुदायहरु यति बेला अनुदानको रकम लिनका लागि सदरमुकाम मार्तडीमा निकै भिड लागेको छ । कागजपत्र मिलाउन समस्या भएकाले एकजना मुक्त हलियाले एकसाता जति समय सदरमुकाम मार्तडीमा खर्च गर्नु परेको वताएका छन् ।
मालपोत कार्यालयबाट घर मर्मतका लागि रकम समयमै निकासा नहुँदा बैङ्कबाट रकम लिन नपाएको स्वामीकार्तिक खापर गाउँपालिका–३ का भिमे कामीले वताएका छन् । उनले भने आफुले पहिलो किस्ता वापत पाउनका लागि एक साता सदरमुकाममा बस्नु परेको वताए ।
घर मर्मतका लागि पहिलो किस्ता वापत रकम लिन सदरमुकाम आएको भएपनि मालपोत कार्यालयको रकम निकासा कार्य छिटो नगर्दा समयमै रकम बैङ्कबाट झिक्न नपाएको गुनासो कामीको रहेको छ । उनी जस्तै बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनका शिव सनाई पनि एक साता देखि घर मर्मतका लागि पहिलो किस्ता वापत ६२ हजार ५ सय रकम लिन सदरमुकाम पुगे । घर मर्मतका लागि रकम लिन आएका सनाईले एकसाता सदरमुकाममा दिन विताउनु परेको वताए । कागजी प्रक्रियामा काम ढिलो हुन थालेपछि अधिकांश मुुक्त हलिया पुर्नस्थापना कार्यक्रमको पहिलो किस्ताबाट घर निर्माण, मर्मत र जग्गा खरिद गर्नुपर्ने भएपनि समयमै रकम निकासा नहुँदा समस्या भएको सनाईले वताए ।
घर मर्मतका लागि पहिलो किस्ता रकम लिन एक साता धाउनु परेको स्वामीकार्तिक खापर गाउँपालिका–३ का कली कामीले दुखेसो गरेका छन् । मालपोत कार्यालयको काम छिटो नहुने हुँदा एकसाता देखि रकम बैङ्क निकासा हुन नसकेको कामीको भनाई रहेको छ । उनले वैङ्कमा खाता समेत खोलेर हातमा चेक भएपनि समयमै मालपोत कार्यालय बाजुराले रकम नहाल्दा रकम लिन सकस भएको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनका नन्दबीर सनाईले वताए ।
मुक्त हलिया पुर्नस्थापना कार्यक्रमले जिल्लाका ६ सय ३४ जनालाई क, ख, ग र घ वर्गका आधारमा रकम पहिलो किस्ता वाफत सहज रुपमा दिन थालेको जिल्ला मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख लक्ष्मणदेव पाण्डेको भने त्यस्तो दाबि रहेको छ । उहाँले हालसम्म मुक्त हलियामा पुर्नस्थापना कार्यक्रममा मध्ये ४ सय ५० जनाको खातामा रकम जम्मा गरिसकेको वताए । प्रमुख पाण्डेले कागजी प्रक्रिया मिलाउन समय लाग्ने भएकाले चाडो काम गर्न केही ढिलाई हुने गरेको स्वीकार गरे ।
जग्गाधनीहरुको हलो जोतेर गुजारा चलाउदै आएका उनीहरुलाई सरकारले कृषि भुमी तथा सहकारी मन्त्रालयले २०६५ भदौमा मुक्त भएको घोषण गरेको थियो । मुक्त भएका हलियाहरुलाई जिल्ला हलिया मुक्त पुर्नस्थापना कार्य दलले राष्ट्रिय वाणिज्य बैङ्कमा जम्मा गरेको रकम लिनेको भिड लाग्ने गरेको छ ।
एक साता देखि जिल्ला सदरमुकाम मार्तडीमा आएर मुक्त हलियाहरु बैङ्किक कारोबारमा व्यस्त रहेका छन् । हलिया समुदाय उत्तरी क्षेत्रका रहेका छन्, बाणीज्य बैकको शाखा कोल्टि भएपनि मार्तडीमा मालपोत कार्यलयमा आएर कागज पत्र मिलाउनु पर्ने रहेको छ । अर्को कोल्टिमा बाणिज्य बैक हुँदा हुदै पनि मार्तडी शाखामा मै हलिया नाममा खाता खोलिएको छ ।

चर्चामा

सम्बन्धित समाचार