बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • भरतमोहन अधिकारी सिकिस्त : मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख

भरतमोहन अधिकारी सिकिस्त : मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख

  • शुक्रबार, फाल्गुन १७, २०७५
भरतमोहन अधिकारी सिकिस्त : मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं : मुटुको समस्या भएपछि अस्पताल भर्ना भएका जल स्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ। सिकिस्त भएपछि अस्पताल भर्ना भएका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी अवस्था भने नाजुक बन्दै गएको छ।

मन्त्री पुनको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, पूर्वअर्थमन्त्री अधिकारीलाई भने ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार राति अस्पताल भर्ना भएका मन्त्री पुनको मुटुको गति अनियमित हुने र उच्चरक्तचापको समस्या छ। नर्भिक अस्पतालको भीआइपी सिसियुमा राखिएका मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख छ।

अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीका अनुसार, मन्त्री पुनको छातिको सिटिस्क्यानका साथै एमआरआई समेत गरिएको छ।

उनको रगत परीक्षण गरिएको छ। त्यस्तै इएमजी, ईसीजी समेत गरिएको छ। तर, परीक्षणपछिको अवस्था सार्वजनिक गरिएको छैन। ‘अहिले स्वास्थ्यमा सुधार देखिएको छ। सामान्य कुराकानी गर्न सक्नु हुन्छ’, अस्पतालका नायब महाप्रबन्धक मैनालीले भने।

मन्त्री पुनलाई वरिष्ठ पेटरोग विशेषज्ञ डा. मधु घिमिरे, वरिष्ठ छाति रोग विशेषज्ञ डा. रमेश चोखानी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टले जाँच गरेका गरेको नायब महाप्रबन्धक मैनालीले बताए। मन्त्री पुनलाई रक्तचाप र मुटुको चाल अनियमित हुने मुख्य समस्याका रुपमा रहेको छ।

चौबिस घण्टाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेपनि अस्पतालले थप १२ घण्टा उनको स्वास्थ्यको परीक्षण गर्ने जनाएको छ। सुधारको गति राम्रो हुँदै गए छिटै नै डिस्चार्ज गर्न सकिने नायब महाप्रबन्धक मैनालीले जानकारी दिए।

यसैगरी स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार ह्याम्स अस्पताल भर्ना भएका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी गम्भीर छन्। ८२ वर्षीय अधिकारीको दुईभन्दा बढी अङ्गहरु सिथिल रहेको उपचारमा संलग्न वरिष्ठ फिजिशियन डा. अर्जुन कार्कीले जानकारी दिए। अधिकारीलाई डा. कार्कीका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी पनि उपचारमा संलग्न रहेका छन्।

भेन्टिलेटरमा राखेर उनलाई उपचार गरिएको छ। गत पुसमा पनि बिरामी भएपछि मेडिसिटी अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

चर्चामा

सम्बन्धित समाचार