शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सम्पर्क बिहिन गुम्वा गाँउ

सम्पर्क बिहिन गुम्वा गाँउ

  • शनिबार, माघ २६, २०७५
सम्पर्क बिहिन गुम्वा गाँउ

प्रकाश सिंह
बाजुरा
लगातारको हिमँपातले बाजुराको सर्वाधिक विकट गाँउ गुम्वा सम्पर्क विहिन बनेको छ । हिमाली गाँउ पालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाँउमा आवत जावत गर्ने बाटोमा हिमँपातले गाँउनै अन्य समुदाय सँग सम्पर्क विहिन रहेको छ । अर्को त्यहाँ कुनै सञ्चार सेवा समेत छैन् ।
सदरमुकाम मार्तडी बाट ४५ कोष टाढा अर्थात पैदल ४ दिन पर्ने बिच्छँयाको गुम्वा गाँउ हिमँपातले आवतजावत गर्न र बाटो अप्ठयारो हुने भएकाले सम्पर्क बिहिन बन्दै आएको स्थानिय छिरिङ धोर्चे लामाले वताए । गुम्वा गाँउमा २५ परिवार बसोवास गर्दै आएका छन् ति सबै परिवार सम्पर्क बिहिन रहेका छन् । त्यो गाँउमा के भयो, के हुदै छ र त्यस गाँउकाले राज्य के गर्दैछ, जिल्लामा के हुदै छ, सबै सुचना बाट बिमुख रहेका वडा सचिब गौरी कान्त सञ्जालले वताएका छन् । हिमँपात शुरु भएदेखीनै गाँउका कुनै पनि सम्पर्क नआएको र त्यो गाँउ पनि जान नसकिएको सञ्जालले वताए ।
अर्को गाँउमा खोप सेवा र अन्य स्वास्थ्य सेवा बाट बिमुख बनेका न् । गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । गुम्वा बाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् । ति नदिमा पुल छैन्, दुई साता देखि गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद भएको छ ।
कहि कवाडी नदिको किनारा र कही भिर बाटो हिडनु पर्ने हुन्थ्यो । भिरमा पहिराले बाटो अबरोध नदिको किनारको बाटो नदिले बगाएपछि र बाटोमा चार पाँच फिट हिँउ जमेका आवतजात पुर्ण रुपमा बन्द भएको बिच्छँयाका अगुवा अम्मलाल बुडथापाले वताएका छन् । फुलीगुम्वा नजिकै भिरमा हिउँदमा त काठ राखेर भिरमा वारपार गर्ने गरेका थिए । त्यहाँ बाट खस्यो भने कवाडी नदिमा खस्ने जोखिम हुन्छ, साथै बिच बिचमा घरघोर जंगल भएकाले भालुले आक्रमण गर्ने खतराले पनि आवतजात गर्नमा बन्द भएको स्थानिय जगत लामाले वताए ।
गुम्वा जाने बाटो समेत न सरकारले काटेको छ न पुल बनाईदिएको छ । सरकार बाट त केही अपेक्षा गर्न सकेका छैनौ, सरकार भएको अनुभुति पनि नभएको स्थानियले वताएका छन् । आफुहरुको जिल्लामा पहुँच नभएको र आफुहरुका कुरा कसैले पनि सुनि नदिएको स्थानियले वताएका छन् । वडा सचिब गौरी कान्त सञ्जाले भने आफु पनि गुम्वा निकै बिकट भएकाले अहिले सम्म नगएको स्वीकार गरेका छन् । धेरै टाढा र समस्या छ भनेर सुनेको मात्र छु, त्यहाँ भने आफु नपुगेको वताएका छन् । अर्को गुम्वा गाँउका वालवालिका गर्भवति महिलाको खोप सेवा समेत बन्द भएको छ । बिरामी पर्दा बर्षातका बेला तल झर्न नसक्दा जडिबुटिको भर पर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार