शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नौ मुठे गाई चिन तिर तस्करी

नौ मुठे गाई चिन तिर तस्करी

  • शनिबार, माघ २६, २०७५
नौ मुठे गाई चिन तिर तस्करी

लक्ष्मीराज पाध्याय
बिश्वको लोप उन्मुख को रुपमा रहेको नौ मुठे गाइ र अन्य गाई चिन तिर तस्करी हुने गरेको खुलाशा भएको छ । नौ मुठे गाई बिश्वको अन्य कुनै ठाँउमा नभएर अछाम जिल्लामा मात्र पाईने गरेको छ । अछाम बाट बाजुरा हुदै हुम्लाको नाका बाट चिनतिर मासुका लागि जाने गरेको खुलाशा भएको छ ।
हुम्ला र मुगुका ठेकेदार मार्फत अछाम बाट सस्तो मुल्यमा खरिद गरि चिन तिर बिक्रिका लागि लिने गरेको पाईएको छ । एउटा गाईको चार पाँच हजारमा खरिद गरि चिनमा लगेर १५ देखी २० हजारमा बिक्रि हुने गरेको ठेकेदारहरुले वताएका छन् । अछाम बाट खरिद गरि बाजुरा, मुगु र हुम्ला हुदै चिन पुयाउने गरेका छन् । गाई अछामका जल्पादेबी, बैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाब्ला, मष्टामाडौं र देबीस्थानमा पाइने गरेको जिल्ला पशुसेवा कार्यलय अछामले बताएको छ ।
त्यस्तै अन्य गाइ समेत हुम्ला हुदै चिनतिर जाने गरेको बाजुरा स्वामिकार्तिक गाँउपालिका स्थानिय जनम धामीले वताएका छन् । दैनिक कोल्टि बाट गाई जाने गरेको त कुनै निकाय बाट वास्ता नभएको वताए । नौ मुठे गाईको मानिसको हातको मुठाले नाप्दा जम्मा नौ मुठा अग्लो भएकाले यस गाईलाई नौ मुठे गाईको रुपमा चिनिदै आएको स्थानिय सुरत सुनारले बताएका छन् ।
यो गाई बिश्वको सबैभन्दा सानो प्रजातिको र लोपउन्मुख भनेर चिनिने गरेको छ । नौ मुठे गाईको उत्पति भने परापूर्बकालदेखी अछाममा नै भएको बुढापकाको भनाई रहेको छ । यो अरु जातको गाई र भैसीको भन्दा यसको दुध दहि मिठो हुने गरेको कृषक जोगि महताराले बताएका छन् । गाईको दुध दहि एकदमै पोसीलो र भिटामिन युक्त हुने गर्दछ । नेपालमा ७ प्रजातिका गाई पाईने गरेका छन् ।
खुला सिमान र चिन सँग जोडिको हुम्लामा कडा सुरक्षा चेकजाँच नहुदा लामो समय देखी नै तस्कर बढदै आएको स्थानियले वताउदै आएका छन् । सधै खुलेआम अछाम बाजुरा बाट हुम्ला तिर गाइ गैरकानुनी रुपमा जाने गरेपनि कतै बाट वास्ता नभएको नागरिक अगुवा पदम सिहले वताए ।

चर्चामा

सम्बन्धित समाचार