शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • छाउपडी प्रकरण : संसदीय समिति बाजुरामा

छाउपडी प्रकरण : संसदीय समिति बाजुरामा

  • बिहिबार, माघ २४, २०७५
छाउपडी प्रकरण : संसदीय समिति बाजुरामा

बाजुरा : बूढीनन्दा नगरपालिका–९ मा छाउपडी गोठभित्र आमाछोराको मृत्युको घटना बुझ्न संघीय सांसद नरेन्द्र ठगुन नेतृत्वको संसदीय टोली बाजुरा पुगेको छ। अगाउँपानीकी ३५ वर्षीया अम्बा बोहरा, उनका १२ वर्षका छोरा सुरेश र नौ वर्षका छोरा रमित पुस २५ गते छाउपडी गोठमा निसास्सिएर मृत्यु भएको थियो। संसदीय समितिलाई बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले घटनाबारे जानकारी गराएका छन्।
संघीय संसद्को महिला तथा सामाजिक समितिले घटनाको वस्तुस्थिति बुझ्न टोली बाजुरा आएको संघीय सांसद गणेश ठगुन्नाले बताए। उनले यस्तो घटना सुदूरपश्चिम प्रदेशभरि रहेकाले निराकरणका लागि सरकारलाई सुझाव दिने बताए।
बूढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीको अगुवाइमा उक्त गाउँका छाउगोठ भने भत्काइएका छन्। ‘महिनावारी भएका बेला छुट्टै गोठमा राख्दा जंगली जनावरको आक्रमण हुने, यौनजन्य हिंसामा पर्ने हुनाले सामाजिक अपराध भएको टोलीमा सहभागी सांसद गंगा चौधरीले बताइन्।
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी सदस्य कमलकुमारी शाहले छाउपडी प्रथा उन्मुलनको नाममा बर्सेनि हुने करोडांै लगानीबारे पनि संसदीय समितिले खोजबिन गर्नुपर्ने माग गरिन्। उनले छाउपडी प्रथाबारे करोडौं खर्च भए पनि उपलब्धि शून्य रहेको बताइन्।
नागरिक अगुवा शेरबहादुर शाहीले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिताले छाउपडी प्रथालाई दण्डनीय मानेकाले अब छाउपडीको नाममा विभेद गर्नेलाई कारबाहीको माग गरे।

चर्चामा

सम्बन्धित समाचार