बिरामी फर्काउने अस्पतालमाथि कडाई गर्न नपरोस् : स्वास्थ्य मन्त्रालय
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरोका बिरामी फर्काउने अस्पतालका लागि कडा कदम चाल्ने बताएको छ । मन्त्रालयको हटलाइन नम्बरमा अस्पतालले उपचार नगरेको उजुरी आउन थालेपछि यस्तो निर्णय लिइएको प्रवक्ता डा.विकास देवकोटाले बताए । ‘कोभिड १९ का लागि सरकारले तोकेका हब अस्पतालले बिरामी लिन्न भन्न पाउँदैनन्,’ उनले भने,‘अनिवार्य रुपमा ज्वरो क्लिनिक राखेर कोभिड लक्षण लिएर […]