शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ४
  • बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु

बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु

कोरोना संक्रमण भए/नभएको पुष्टि हुन बाँकी

  • आइतवार, चैत्र १६, २०७६
बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु

बुटवल — बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।आइतबार दिउँसो १ बजे उपचारकै क्रममा उनको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत ३४ वर्षीय युवकको मृत्यु भएको हो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना अस्थायी अस्पतालमा एक जनाको मृत्यु भएको तर कोरोना वा अन्य कारणले भन्ने पुष्टि नभएको जानकारी दिए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती चैत १३ गते अस्पताल भर्ना भएका थिए। उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो। उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ। डा. खनालका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरे पनि सुरक्षा अभावमा लैजान सकेको थिएन।
परिवारका सदस्यअनुसार उनी चैत २ गते दुबईबाट नेपाल फर्किएका थिए। सामान्य ज्वरो आएको भन्दै बेवास्ता गरेका उनले स्थानीय क्लिनिकबाट सिटामोल किनेर खाएका थिए। तर निको नभएर ज्वरोले च्याप्दै गएपछि उनी बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए। मृतकका परिवार र उनी बस्दै आएको घरका परिवारलाई पनि आइसोलेसनमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार