बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • तिन सय भन्दा बढि नेपालि सिमानमा अलपत्र

तिन सय भन्दा बढि नेपालि सिमानमा अलपत्र

  • सोमवार, चैत्र १७, २०७६
तिन सय भन्दा बढि नेपालि सिमानमा अलपत्र
तस्बीर : नरेन्द्र कार्की

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरि फर्किएका साढे तीनसय बढि नेपाली सिमानामा अलपत्र परेका छन् । चार दिनदेखि धारचुल्लामा सिमानमा अलपत्र परेका हुन् । उनिहरुले आफ्नो देश फर्किनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

शुक्रबार बेलुकी ७ बजे र राती १० बजे दुई पटक पुल खोलेर २ सय २५ जनालाई नेपाल प्रवेश गराइएको थियो । तर १० बजेपछि धारचुलामा पुगेका नेपालीहरुले नेपाल आउन पाएनन् । उनिहरु सिामानमा अलपत्र परेका हुन् ।

भारतका होटलहरुमा समेत बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले जनाएका छन् । मार्मा गाउँपालिका ५ का दिलेन्द्र महताले तीन दिनदेखि खानेकुरा पाउन नसकेको वताएका छन् । आइतबार उद्योग वाणिज्य संघ र एसएसबीले खाना खुवाएको उनले वताए । उनले भने बजारमा चाउँचाउँ विस्कुटसमेत किन्न पाइएको छैन् । धारचुलामा अहिले बढि मान्छे भएपछि सडक छेउ र महाकाली किनारमा आएर बस्नुपरेको नेपालीहरुले वताएका छन् ।

अपिहिमाल गाँउपालिकाका ५ का सुनिल धामी आफ्ना ठेकेदार र मेटले समयमै रकम नदिदा आउन ढिलाई भएको वताए । काम गरेको रकम पनि आधा दिएको छ, २ हजार रुपैयाँ दिएर पठाएको हो, अहिले धारचुलाम के खाने भन्ने भइरहेको सुनिले वताए । भारतीय प्रहरीले सामाजिक दुरी बनाएर बस भन्छन्, महाकाली बगर क्षेत्रमा महाकाली नदीको पानी खाएर बसेका छौ ।

स्थानिय पत्रकार नरेन्द्र कार्कीका अनुसार दार्चुला मार्मा गाउँपालिकाका ३८ जना, अपिहिमाल गाउँपालिका ५ जना, शैल्यशिखर नगरपालिका ११ जना रहेका छन् । यस्तै बैतडी जिल्ला पूच्र्यौडी नगरपालिका १ सय ६४ जना, डिलाशैनी गाउँपालिका ६२ जना छन् । बझाङ जिल्ला बुङ्गल नगरपालिका ३० जना, र जाजरकोटका ३ जना रहेका वताएका छन् ।

धारचुलास्थित पूल नजिकैबाट नेपालतर्फ फर्केर उनीहरुले नेपालको नाका खुला गर, आफ्नो जनता फिर्ता लेउ भन्दै दैनिक जसो नाराबाजी गरीरहेका छन् । पिथौरागढ, डिडिहाट, मुन्स्यारी, लगायतका क्षेत्रमा काम गरि फर्किएका साढे तीन सय बढि नेपालीले नाराबाजी गरेका छन् । नेपाल भारत दुवैतर्फ देश लकडाउन भएको अवस्थामा उनीहरुले आफ्नो ठाउँ फर्किनुपर्ने मागसहित नाराबाजी गरेका छन् । भारतका विभिन्न क्षेत्रमा काम गर्दै गर्दा उनीहरुले आफ्नो देशमा फर्किन भन्दै पठाएपछि नेपालीहरु सीमामा अलपत्र परेका हुन् ।

नेपाल भारत दुवैतर्फ लकडाउन गरिएको अवस्थामा नेपाली मजदुरहरु पैदल हिडेर पिथौरगढमा तिन दिन लगाएर धारचुला पुगेका छन् । भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरि फर्किएर धारचुलामा अलपत्र परेका साढे तीनसय बढि नेपालीलाई उद्धारको लागि पहल भइरहेको प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले वताए ।

अलपत्र परेका नेपालीलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थापन मिलाउने, गाडी व्यवस्थापर्ने गर्नेगरी उद्धारको लागि पहल भएको हो । नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले नेपाल भारतका सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार