शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुदूरपश्चिमका अस्पतालमा एक हजार पीपीई र १० हजार मास्क वितरण हुदै

सुदूरपश्चिमका अस्पतालमा एक हजार पीपीई र १० हजार मास्क वितरण हुदै

  • सोमवार, चैत्र १७, २०७६
सुदूरपश्चिमका अस्पतालमा एक हजार पीपीई र १० हजार मास्क वितरण हुदै

कैलाली- नेपाल सरकारले चीनबाट ल्याएका स्वास्थ्य समाग्री सुदूरपश्चिम प्रदेशका अस्पतालमा वितरण गर्ने तयारी भईरहेकाे छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले आज दिउँसो नेपाली सेनाको स्काई ट्रक मार्फत धनगढी ल्याईएका स्वास्थ्य समाग्री वितरण सुरु गरेकाे छ ।

केन्द्रका जनस्वास्थ्य निरिक्षक लक्ष्मी श्रेष्ठले संघिय सरकारले पठाएका समाग्री प्रदेशका अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई वितरणका लागि सूची बनाउन लागिएको जानकारी दिए। उनका अनुसार संघिय सरकारले सुदूरपश्चिमका लागि कोरोना भाईसरको सम्भावित तथा संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका समाग्रीहरु वितरण गरिन लागेको हो।

‘काठमाडौँबाट सुदूरपश्चिमका लागि एक हजार थान अस्थायी पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई), १० हजार सर्जिकल मास्क, नौँ सय ६० एन–नाईन्टी लाईभ मास्क पठाएको छ।’ श्रेष्ठले भने, ‘महाकाली र सेती प्रादेशिक अस्पतालमा सकभर आजै वितरण गछौँ। पहाडी जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा पनि पठाउने तयारी छ। त्यसका लागि सूची बनाईरहेका छौँ।’

संघिय सरकारले सुदूरपश्चिमका लागि १० वटा तापक्रम मापक यन्त्र, २० हजार ग्लोब्स पनि सेनाको स्काई ट्रक मार्फत धनगढी पठाएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार