शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • ३८ लाख उपभोक्तालाई विद्युत् महसुलमा २० प्रतिशत छुट

३८ लाख उपभोक्तालाई विद्युत् महसुलमा २० प्रतिशत छुट

  • शनिबार, चैत्र १५, २०७६
३८ लाख उपभोक्तालाई विद्युत् महसुलमा २० प्रतिशत छुट

काठमाडौं –- नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरणका ३८ लाख उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि इन्डक्सन प्रयोगकर्ता ग्राहकलाई छुट दिने भनिएकामा सबै गार्हस्थ्य ग्राहकलाई छुट दिने निर्णय प्राधिकरणले गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा धेरैको रोगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थामा ग्राहकलाई राहत दिन समितिले यस्तो निर्णय गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार