शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती आइसोलेसनमै, परिवारको नतिजा नेगेटिभ

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती आइसोलेसनमै, परिवारको नतिजा नेगेटिभ

  • शनिबार, चैत्र १५, २०७६
फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती आइसोलेसनमै, परिवारको नतिजा नेगेटिभ

फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ।

संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ। उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ।

युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सेतोपाटीलाई जानकारी दिए। युवतीलाई डिस्चार्ज गरेको खबर आए पनि उनले युवती आइसोलेसनमै रहेको बताए।

‘मलाई पनि धेरै फोन आयो। तर उहाँलाई डिस्चार्ज गरेको छैन,’ उनले भने।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखियो भने परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो। अस्पतालले यसअघि परिवारको परीक्षण गरिने भनेको थिएन।

युवती नेपाल आएदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन्। विज्ञहरूले पनि पहिलो जोखिम परिवार रहेको भन्दै अरूमा सर्ने कम सम्भावना रहेको औंलाएका थिए।

यो पनि पढ्नुस्ः फ्रान्सबाट आएका दुई साथी संक्रमित भएर पुगे नेपाल र भियतनाम, अरूलाई सर्ने कति सम्भावना?

चर्चामा

सम्बन्धित समाचार